काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ११ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ घटेको हो ।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बिक्रीदर १३३.३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.७५ रुपैयाँ र बिक्रीदर १३३.३५ रुपैयाँ कायम थियो।
त्यस्तै आज एक यूरोको खरिददर १४४.६० र बिक्रीदर १४४.२६ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.१४ र बिक्रीदर १६९.९० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५८ रुपैयाँ र बिक्रीदर ८७.९७ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ रहेकोमा एक साउदी रियालको खरिददर ३५.३८ रुपैयाा र बिक्रीदर ३५.५४ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।