मंगलवार, कार्तिक १०,२०८३ 09:17:29
  • मंगलवार, कार्तिक १०,२०८३ 09:17:29
Global IME Bank Limited

भोटेकोशीको भीषण बाढीको कारण तिब्बतको हिमपहिरो, चीनबाट नेपाललाई प्रारम्भिक जानकारी

चीनबाट अनौपचारिक सूचना आएको विपद् प्राधिकरणको भनाइ, वास्तविक कारण पुष्टि गर्न प्राविधिक अध्ययन जारी

Bizshala
भोटेकोशीको भीषण बाढीको कारण तिब्बतको हिमपहिरो, चीनबाट नेपाललाई प्रारम्भिक जानकारी
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण र आकस्मिक बाढीको कारण चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो हुनसक्ने प्रारम्भिक जानकारी आएको छ।

चीनतर्फबाट नेपाललाई उपलब्ध गराइएको प्रारम्भिक सूचनाअनुसार तिब्बतमा ठूलो हिमपहिरो खसेपछि त्यसको प्रभावस्वरूप भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यद्यपि बाढीको वास्तविक कारणबारे औपचारिक र विस्तृत पुष्टि हुन बाँकी छ।

प्राधिकरणकी उपसचिव तथा प्रवक्ता शान्ति महतका अनुसार चीनबाट हिमपहिरोसम्बन्धी जानकारी अनौपचारिक रूपमा प्राप्त भएको हो। तिब्बत क्षेत्रमा रहेका प्राविधिकहरूको प्रारम्भिक अध्ययनले समेत हिमपहिरोलाई बाढीको सम्भावित मुख्य कारणका रूपमा देखाएको उनले बताएकी छन्।

महतका अनुसार घटनाको वास्तविक प्रकृति, हिमपहिरो गएको स्थान, त्यसबाट बनेको सम्भावित अवरोध र पानीको बहावमा आएको परिवर्तनलगायत विषयमा थप विवरण संकलन भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले पनि तिब्बतमा गएको हिमपहिरोका कारण नै भोटेकोशीमा अस्वाभाविक बाढी आएको हुनसक्ने प्रारम्भिक संकेत देखिएको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार घटनाको कारण पुष्टि गर्न चीनमा रहेका विभागका कर्मचारी तथा प्राविधिक टोलीमार्फत विवरण संकलन भइरहेको छ।

‘हाम्रा केही साथीहरू चीनमै हुनुहुन्छ। वास्तवमा के भएको हो भन्ने बुझ्ने प्रयास भइरहेको छ,’ कायस्थले भनेका छन्।

उनका अनुसार चीनमा रहेका प्राविधिक टोलीसँगै अन्य कूटनीतिक तथा प्राविधिक माध्यमबाट पनि घटनाको वास्तविक कारण पत्ता लगाउने काम भइरहेको छ।

भोटेकोशीमा एक्कासि आएको भीषण बाढीले रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीको प्रभाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत फैलिएको छ भने विभिन्न जलविद्युत् आयोजना, सडक, भन्सार तथा अन्य भौतिक संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भइरहेको छ।

घटनाको विस्तृत प्राविधिक अध्ययनपछि मात्रै तिब्बतको हिमपहिरो र भोटेकोशीमा आएको बाढीबीचको प्रत्यक्ष सम्बन्धबारे औपचारिक निष्कर्ष निकालिने सम्बन्धित निकायहरूले बताएका छन्।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.