Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 05:39:24
Bizshala
Global IME Bank Limited

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले १० लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा सहयोग गरेका हुन्।

जसअनुसार नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख तथा नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेका छन्।

Bizshala
CG Motors

विपद्का समयमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको एनसीसीएस ग्रुपले जनाएको छ।

भोटेकोशी बाढीका कारण रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको खोज तथा उद्धारसँगै राहत र पुनर्स्थापनाका कार्य जारी छन्। यस्तो अवस्थामा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट समेत सहयोग जुटिरहेको छ।

विगत साढे दुई दशकदेखि नेपालको सूचना प्रविधि तथा व्यवस्थापन शिक्षाको क्षेत्रमा योगदान दिँदै आएको एनसीसीएस ‘क्युएए सर्टिफाइड’ शैक्षिक संस्था हो। पकनाजोलस्थित एनसीसीएस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो।

एनसीसीएसले उच्च शिक्षालाई केवल डिग्री प्राप्त गर्ने माध्यमका रूपमा नभई विद्यार्थीको व्यक्तित्व, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता विकासको आधारका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षामार्फत विद्यार्थीलाई बदलिँदो विश्व बजारका चुनौती सामना गर्न सक्ने सिर्जनशील तथा दक्ष जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य लिएको एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.