Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 10:20:34
Bizshala
Global IME Bank Limited

आईविवीकी ब्यूटी सर्राफद्वारा अर्थमन्त्री वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण

आईविवीकी ब्यूटी सर्राफद्वारा अर्थमन्त्री वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
New Office

काठमाण्डौ । अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभ हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले राहतस्वरूप प्रदान गरेको ५० लाख रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले हस्तान्तरण गरेकी हुन्।

भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकमलाई आधार बनाएर उक्त सहयोग जुटाइएको कम्पनीले जनाएको छ।

चेक हस्तान्तरण गर्दै सर्राफले विपद्को समयमा प्रभावित परिवारको सहयोगमा सहभागी हुन पाएकोमा आफूलाई गर्व लागेको बताइन्। उनका अनुसार आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासका कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग जुटाउन सम्भव भएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

‘धन्यवाद प्रधानमन्त्री, धन्यवाद गृहमन्त्री, धन्यवाद अर्थमन्त्री, सेना, प्रहरी, राष्ट्रसेवक, स्वयंसेवक अनि आफ्नै मनले त्यही बाढीलाई चिर्दै उर्लिएको राहत रूपी हातहरू सबैलाई मेरो नमन,’ सर्राफले भनिन्।

उनले राहत अभियान सफल बनाउन उपभोक्ताको भूमिकालाई विशेष रूपमा उल्लेख गरिन्। ‘मामुहरू सबैलाई धेरै–धेरै धन्यवाद। तपाईँहरूको साथ सहयोगबिना आज हामी यो ५० लाखको नगद सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सक्ने थिएनौँ,’ उनले भनिन्।

सर्राफले आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ताबाट प्राप्त साथ र विश्वासकै आधारमा राहत रकम जुटाउन सकिएको स्पष्ट पारिन्। उनका अनुसार पछिल्ला तीन दिनमा आईविवीका उत्पादन खरिदमा उपभोक्ताले खर्च गरेको रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो।

‘यो डोनेसन आईविवीले होइन, तपाईँहरूले गर्नुभएको हो। यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ। हामीले त्यही विश्वासलाई जोडेर यो सम्भव बनाएका हौँ,’ उनले भनिन्।

कम्पनीले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत अभियानमा जोडेको जनाएको छ।

सर्राफले आईविवीको तर्फबाट सञ्चालन गरिएको राहत अभियानको नेतृत्वदायी भूमिकामा सहभागी हुन पाएकोमा आफूलाई गर्व लागेको बताइन्। ‘यो सबै कुराको सूत्रधार बन्न पाउँदा मैले असाध्यै गर्व महसुस गरेकी छु,’ उनले भनिन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.