काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा उपलब्ध गराएका स्वास्थ्य संस्थालाई २०८३ जेठ महिनाको दाबीबापत १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ।
स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराएका देशभरका विभिन्न स्वास्थ्य संस्थाको दाबी परीक्षण गरी उक्त रकम भुक्तानी गरिएको हो।
बोर्डका अनुसार जेठ महिनाको भुक्तानीमा देशभरका ३८१ वटा स्वास्थ्य संस्था समावेश भएका छन्।
भुक्तानी पाउने संस्थामा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताललगायत स्वास्थ्य संस्था रहेका छन्।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सूचीकृत स्वास्थ्य संस्थाले बीमितलाई उपचार सेवा उपलब्ध गराएपछि त्यसबापतको दाबी बोर्डमा पेश गर्ने व्यवस्था छ। आवश्यक परीक्षण र दाबी प्रक्रिया पूरा भएपछि बोर्डले सम्बन्धित स्वास्थ्य संस्थालाई रकम भुक्तानी गर्दै आएको छ।
जेठ महिनामा मात्रै १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी भुक्तानी हुनुले स्वास्थ्य बीमा कार्यक्रममार्फत ठूलो परिमाणमा स्वास्थ्य सेवा प्रवाह भइरहेको देखाउँछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।