सोमबार, आश्विन ५,२०८३ 07:07:50
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 07:07:50
Bizshala
Global IME Bank Limited

एथरको आक्रामक विस्तार, सुर्खेतमा खुल्यो १६औँ एक्सपिरियन्स सेन्टर

एथरको आक्रामक विस्तार, सुर्खेतमा खुल्यो १६औँ एक्सपिरियन्स सेन्टर
New Office

काठमाण्डौ ।  विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड एथरले कर्णाली प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्दै सुर्खेतमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।

एथर नेपालले असोज ५ गते वीरेन्द्रनगर–१२, एयरपोर्ट चोक, सुर्खेतमा आफ्नो १६औँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो। नयाँ सेन्टरबाट सुर्खेतसहित कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि, टेस्ट राइड तथा बिक्रीपछिको सेवासम्बन्धी जानकारी एकै स्थानबाट लिन सक्ने कम्पनीले जनाएको छ।

नयाँ एक्सपिरियन्स सेन्टरमा ग्राहकले विशेषगरी Ather 450 Series र Ather Rizta Series का स्कुटरबारे जानकारी लिनुका साथै प्रोडक्ट डेमोन्स्ट्रेसन र टेस्ट राइडमार्फत प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

एथर 450 मा ‘म्याजिक ट्विस्ट’देखि भ्वाइस इन्टर्‍याक्सनसम्म

कम्पनीका अनुसार Ather 450 Series लाई उच्च कार्यसम्पादन, अत्याधुनिक प्रविधि र दैनिक प्रयोगको व्यावहारिकतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ।

यसका नयाँ मोडलमा Magic Twist, Infinite Cruise र Voice Interactions जस्ता फिचर उपलब्ध छन्।

‘म्याजिक ट्विस्ट’ले एक्सिलरेटर ग्रिपकै माध्यमबाट स्कुटरको गति घटाउन सहयोग गर्ने भएकाले बारम्बार ब्रेक प्रयोग गर्नुपर्ने आवश्यकता कम हुने कम्पनीको दाबी छ। ‘Infinite Cruise’ले लामो यात्रामा निश्चित गति कायम गर्न सहयोग गर्छ भने ‘Voice Interactions’मार्फत विभिन्न समर्थित फिचरलाई आवाजको निर्देशनबाट प्रयोग गर्न सकिन्छ।

त्यस्तै, Ather Rizta परिवारलाई केन्द्रमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटर हो। लामो सिट, आरामदायी यात्रा र दैनिक पारिवारिक प्रयोगको व्यावहारिकतामा यसले विशेष जोड दिएको कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटर वारेन्टी

एथर नेपालले विद्युतीय सवारीको विस्तारसँगै सर्भिस तथा चार्जिङ पूर्वाधार पनि विस्तार गरिरहेको जनाएको छ।

कम्पनीको Eight70 Battery Warranty अन्तर्गत लागू हुने सर्तका आधारमा ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटर, जुन पहिले पूरा हुन्छ, त्यतिसम्म वारेन्टी उपलब्ध हुने बताइएको छ।

यस अवधिमा ब्याट्री हेल्थ ७० प्रतिशतभन्दा तल झरेमा लागू हुने वारेन्टी सर्तअनुसार ब्याट्री रिप्लेसमेन्ट कभरेजसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

हाल देशभर एथरका १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा रहेको जनाइएको छ।

असोज ११ सम्म विशेष अफर

सुर्खेत एक्सपिरियन्स सेन्टर सञ्चालनमा आएको अवसरमा कम्पनीले असोज ११ गतेसम्म विशेष ओपनिङ स्किम समेत ल्याएको छ।

यस अवधिमा नगदमा एथर खरिद गर्ने ग्राहकले Eight70 Battery Warranty, फाइनान्सिङमा खरिद गर्नेले शून्य प्रतिशत ब्याजदरको फाइनान्सिङ तथा एक्सचेन्ज गर्ने ग्राहकले सवारीको मूल्यांकनमा थप ८ हजार रुपैयाँ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यी सुविधा लागू हुने सर्त तथा नियमको अधीनमा रहनेछन्।

नेपालमा Vaidya Energy Pvt. Ltd. एथर इनर्जीको आधिकारिक वितरक हो। कम्पनीले देशभर एथरका रिटेल आउटलेट, सर्भिस सुविधा तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै आएको छ।

सुर्खेतमा १६औँ एक्सपिरियन्स सेन्टर सञ्चालनसँगै कर्णालीका ग्राहकलाई एथरका उत्पादन, टेस्ट राइड, प्रविधि तथा बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.