मंगलवार, असार ३,२०८२ 01:20:30
  • मंगलवार, असार ३,२०८२ 01:20:30
Global IME Bank Limited

राइड सेयरजिङ एप ‘जुमजुम’ सञ्चालनमा, यस्ता छन् सुविधा

Hyundai Nepal
राइड सेयरजिङ एप ‘जुमजुम’ सञ्चालनमा, यस्ता छन् सुविधा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका ‘जुमजुम’ नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ । नेपाल मोबिलिटी सोलुसन्सअन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुबिधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ प्रस्तुत भएको छ ।

नेपाली कम्पनी,एफवान सफ्ट ग्रुपको विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिकमीद्वारा विकसित एप, जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउनुका साथै नेपाली यात्रुहरूको आवश्यकताबमोजिम सुविधा प्रदान गर्ने अपेक्षा राखेको छ ।

एफवान सफ्ट ग्रुपका सीईओ सुबाश शर्माले भने, एफवान सफ्टले सँधै डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ । नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ । जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्नेछौं ।’

प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै  सवारी बुक गर्नुको साथै रियल टाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झटरहित यात्राको अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एपभित्र सुरक्षा उपायहरूको साथ यात्रुहरुको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सुविधाहरुः

ई–सेवामार्फत सजिलो भुक्तनीः  

जुमजुममा ई–सेवा डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सकिन्छ । जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ ।

साथै, चालकहरूले ई–सेवामार्फत तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्छन् ।  

मलटिपल बुकिङः

जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सु–व्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गुगल म्यापः  

जुमजुमसँग आफ्नो सहि गन्तव्य सुनिश्चित गर्न सकिन्छ । गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथ कुशल मार्ग योजना र प्रयोगकर्ता अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।  

बुक फर ए फ्रेन्डः

जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्छन् ।  

बीमा कवरेजः  

बीमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालकदुवैका लागि रु.५ लाख सम्मको बीमा प्रदान गर्छ ।  

साथै, जुमजुमले चालकहरूका लागि थप आर्थिक अवसरहरू समर्थ गर्छ  । डाइरेक्शनल हायर जस्ता सुविधाहरू मार्फत, चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमति दिँदै, एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्छ ।

जुमजुमले पहिलो तीन सवारीहरूमा ७५% छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको उल्लेख गरेको छ । थप रूपमा, चालकहरूले रु. १ हजार ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउँन सक्नेछन् । प्रारम्भिक दुई हप्ताको लागि ०% कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरुमा जती धेरै राइड त्यति कम कमिसनको योजना ल्याएको छ ।  

साथै, चालकहरु दैनिक बोनस रु. २ हजार सम्म कमाउन सक्छन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.