काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स नेपालकै पहिलो निजी क्षेत्रबाट स्थापित पुनर्बीमा कम्पनी हो । यो कम्पनीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत गोल्छा ग्रुप, शंकर ग्रुप , इन्फिनिटी ग्रुपलगायत २२ वटा समूहको लगानी रहेको छ ।
आधारभूत पक्षः
यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रहेको छ । यस हिसाबले कम्पनीको कुल पूँजी करिब १५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ९३ करोड ११ लाखबराबर रहेको छ ।
त्यसैगरि कम्पनीको प्रतिसेयर आम्दानी १२.४ रुपैयाँ रहेको छ भने बुक भ्यालु १४९.९७ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ८.२८ प्रतिशत रहेको छ ।
प्राविधिक पक्षः
फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल १५ को तह अर्थात स्ट्रङ वियरिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको यस कम्पनीमा लगानीकर्ता अधिक डराएका छन भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ७१४ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३४० रुपंैयाँ रहेको छ । हाल दोस्रो बजारमा यो कम्पनीको सेयर भाउ ५६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक र ३० प्रतिशत सेयर सर्वसाधारण समूहको रहेको छ ।
बोलिङगर ब्याण्ड म्याक्डी र आरएसआईको आधारमा
डेली बेसमा बोलिङगर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल तल्लो ब्याण्डमा चलेको छ । यससँगै तल्लो ब्याण्डमा इन्भर्टेड ह्याम्मर प्रकृतिका क्याण्डल बनेका छन् । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । आरएसआई ओभर सोल्ड जोन ३० मा पुगेर हाल ३५ को तहमा फर्केको छ ।
समग्र ३ वटै इन्डिकेटरबाट हेर्दा कम्पनीको सेयर भाउमा अधिक बिक्री रहेको देखिन्छ । मनी फ्लो इन्डेक्समा पनि यो कम्पनीको सेयर भाउ ओभर सोल्ड जोन १५ को तहमा पुगेको छ । यसले कम्पनीको सेयर भाउ कुनै पनि समयमा पुनःउकालो लाग्न सक्छ भन्ने हो ।
पिभट विश्लेषण
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ –६३७
प्रतिरोध २ –६१४
प्रतिरोध १– ५८७
पिभट प्वइन्टः ५७०
घटेमा सपोर्ट
सपोर्ट १– ५४३
सपोर्ट २– ५२६
सपोर्ट ३ –४९९
निष्कर्षः आधारभूत रुपमा कम्पनीलाई नियाल्दा अघिल्लो त्रैमासको आधारमा कम्पनीको खुद मुनाफा र प्रतिसेयर आम्दानीमा बढोत्तरी आएको छ । कम्पनीको बुक भ्यालु र रिटर्न अन इक्विटीमा पनि बढोत्तरी आएको छ । आधारभूत रुपमा यो कम्पनी प्रदर्शन सामान्य नै देखिन्छ । प्राविधिक रुपमा यो कम्पनीलाई विभिन्न इन्डिकेटर जस्तो मनी फ्लो इन्डेक्स र आरएसआईबाट हेर्दा ओभर सोल्ड जोनमा पुगेको देखिन्छ । ओभर सोल्ड जोनमा पुगेको कम्पनीले कुनै पनि बेला फेरी सम्हालिएर माथिको यात्रा तय गर्न सक्छ । हाल ५६५ मा चलेको यो कम्पनीको सेयर भाउ यदि पिभट् प्वइन्ट ५७५ भन्दा माथि जान्छ भने पुन माथिको यात्रा तय गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।