शुक्रबार, भाद्र ५,२०८३ 09:14:06
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 09:14:06
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा व्यबसायी संघद्वारा सञ्चालकले १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था पुनरावलोकन गर्न आग्रह

निर्जीवन बीमा व्यबसायी संघद्वारा सञ्चालकले १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था पुनरावलोकन गर्न आग्रह
New Office

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यबसायी संघले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । आइतबार भएको उक्त छलफल कार्यक्रममा संघले बोर्डसमक्ष विभिन्न सुझाव पेश गरेको छ ।  

संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको सेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने व्यबस्थाले गर्दा कैंयौं वर्षदेखि लगानीकर्ता सञ्चालकहरुले आफुलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको बखतमा सेयर बिक्री नपाउँदा समस्या परेको, सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको सेयर सधैं रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुँदा सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरेको थियो ।  

Bizshala
CG Motors

भारत लगायत अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर सेयर बिक्री गर्ने व्यबस्था रहेको र नेपालमा पनि त्यस्तै व्यबस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो सेयर बिक्री गर्न सकिने व्यबस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो ।  

उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेश कुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.