मंगलवार, असार ३०,२०८३ 05:37:36
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 05:37:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १० वर्ष: पुल्चोक क्याम्पसका दर्जनौ विद्यार्थी लाभान्वित

Laxmi Sunrise Bank Limited
एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १० वर्ष: पुल्चोक क्याम्पसका दर्जनौ विद्यार्थी लाभान्वित

काठमाण्डौ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत शुक्रबार इञ्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ ।  

यो एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो ।

यस कार्यक्रमअन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ । 

New Office
CG Motors
Garima Development Bank

यस वर्ष अर्थात २०८० का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ।

साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए ।  

त्यसैगरी, एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्शीयल अफिसर उमेर मोहसिन र एक्टिङ् चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सँगको सहकार्यमा युवा र विद्यार्थीलाई आफ्नो उत्कृष्टताका लागि प्रोत्साहन प्रदान गर्ने यो कार्यक्रम गर्न पाएकोमा हामी गौरवान्वित छौं । नयाँ पुस्तालाई सशक्त बनाउने एक जिम्मेवारी मात्र नभएर प्रतिबद्धता पनि हो जसले नवीनता, प्रगति र सकारात्मक परिवर्तनलाई बढावा दिन्छ । सम्मानित हुने विद्यार्थीका उपलब्धिहरूले हामी सबैलाई गर्व मात्र प्रदान गर्दैन भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि बन्दछ । हामी विश्वास गर्छौं कि हाम्रो सहयोगले विद्यार्थीहरुको भविष्य निर्माणमा सहयोग गर्दछ र आजका विद्यार्थी नै देशको भविष्य हुन् । व्यक्तिगत रूपमा, मलाई २० वर्ष पहिलेको सम्झना छ जब मैले मेरो उपलब्धिको लागि छात्रवृत्ति पाएको थिए र त्यसैको कारणले आज म यहाँसम्म पुगेको छ । आर्थिक रूपमा मात्र होइन, यो महत्त्वपूर्ण सम्मानले सबैलाई राम्रा काम जारी राख्न प्रेरित गर्नेछ । प्रतिभा विकासमार्फत समाजको भविष्यको लागि अनवरत लागि रहनु भएका इन्जिनियरिङ्ग अध्ययन संस्थानका सबैलाई उहाँँहरुको अथक प्रयासका लागि धन्यवाद दिन चाहन्छु ।”

त्यसैगरी एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. जोशीले भने, “हाम्रा विद्यार्थीहरूले पढाईमा मात्र नभई अन्र्तराष्ट्रिय मञ्चमा समेत हासिल गरेको उपलब्धिका बारेमा सम्झन चाहन्छु । उनीहरुले देश बाहिरपनि धेरै महत्त्वपूर्ण कार्यहरुमा योगदान दिइरहेका छन् र पूर्व विद्यार्थीहरूको सफलताका कथाहरू सुन्न पाउँदा खुसी लाग्छ । जब हाम्रा विद्यार्थीहरू सफल हुन्छन्, मलाई शिक्षाको परिवर्तनकारी शक्ति र विद्यार्थीहरुमा हुने अपार सम्भावनाको सम्झना आउँछ । तपाईं चाहे उद्यमी, प्रोफेसर वा अन्य जुनसुकै पेशामा जानुस् तपाईंको भाग्य तपार्इंको जोश र तपाईंले देख्ने सपनामा निहित छ । एनसेल छात्रवृत्ती तथा उत्कृष्टताबाट सम्मानित हुने सबै विद्यार्थीहरुलाई धेरै धेरै, बधाई छ । म तपाईंका उपलब्धिहरूमा धेरै गर्व गर्छु । विगत एक दशकदेखि हाम्रा विद्यार्थीहरूलाई यो प्रदान गर्नु भएको यो सम्मान र सहयोगका लागि एनसेलप्रति म धेरै आभारी छु ।”

यसै अवसरमा प्रा.डा.जोशीले पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकोमा एनसेललाई सम्मान स्वरुप इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसले कदरपत्र प्रदान गरको छ ।

हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.