बुधबार, भाद्र ३१,२०८३ 07:11:17
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 07:11:17
Bizshala
Global IME Bank Limited

सूजल फूड्सको चोकोफन बिगफन अब नयाँ प्याकमा

सूजल फूड्सको चोकोफन बिगफन अब नयाँ प्याकमा
New Office

काठमाण्डौ । सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफन बिगफनलाई नयाँ प्याकमा बजारमा उतारेको छ ।  

चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहहरुबाट बनेको हुन्छ । त्यसमाथि भेनिल्ला स्टाइप्स हुन्छ, जसको स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ ।  

आकर्षक चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ आकर्षक रहेको छ, जसले उपभोक्ताको रुची र प्राथमिकतालाई सम्बोधन गर्ने आशा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Shivam Cement
Bizshala
CG Motors

 

चोकोफन बिगफन १५ ग्राममा उपलब्ध छ । जसको मूल्य १० रुपैयाँ राखिएको छ । यो प्रडक्ट जार र प्याकेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

कम्पनीले यसको उत्पादन संसारकै अत्याधुनिक प्रविधिको अटोमेटिक मसिनरिबाट स्वस्थकर वातावरणमा हुने उल्लेख गर्दै अन्तराष्ट्रिय  गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने भएकोले गुणस्तर र स्वादमा एकरुपता हुने दाबी गरेको छ ।  

सुजल फूड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी पनि हो, जुन आईएसओ २२०००ः२०१८ प्रमाणित छ। यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो ।  

सुजल फूड्सले विगत ५० वर्षदेखि अन्तरास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन गर्दै आएको छ ।  

कम्पनीका लोकप्रिय ब्राण्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्याण्डीम्यान र फ्रेसडेन्ट आदि रहेका छन् ।  

चोकोफन बिगफनले पनि आफ्ना अन्य उत्पादन झै उपभोक्ताको मन जित्न सफल हुनेमा कम्पनी आशावादी देखिएको छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.