शुक्रबार, भाद्र ५,२०८३ 09:14:45
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 09:14:45
Bizshala
Global IME Bank Limited

एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट

एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट
New Office

काठमाण्डौ । सरकारले एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्ने परियोजनालाई बीमा प्रिमियममा छुट र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेटमार्फत यस्तो व्यवस्था गरिने बताएका हुन् । 

अर्थमन्त्रीले एक सय विघाभन्दा ठूलो चक्लामा वासनादार धान खेती गर्ने ७ वटा नमुना परियोजनालाई सहज रुपमा मल,बीउ,प्राविधिक सेवा तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र बीमा प्रिमियममा छुट दिने व्यवस्था गरिएको बताए । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ ।  

Bizshala
CG Motors

यस्तै सरकारले हिमाल र पहाडमा ५० रोपनी र तराईमा १० विघाभन्दा बढी जमिन एकीकरण र चक्लाबन्दी गरी व्यवसायिक रुपमा सामूहिक खेती,पशुपन्क्षी पालन एंव जडिबुटी खेती गर्ने व्यक्ति फर्म तथा सहकारीलाई  ब्याज अनुदान, प्राविधिक सहयोग र मेशिनरी आयातमा कर छुट प्रदान गर्नेछ ।     

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.