काठमाण्डौ । सुपर कृषक एपले नेपाली क्रिकेट टीमले विश्वकप टि–२० क्रिकेट प्रतियोगितामा प्रहार गर्ने ‘प्रत्येक ५ रनबापत एक कफी बिरुवा’ अभियान घोषणा गरेको छ।यस अभियानअन्तर्गत,अमेरिका र वेस्टइन्डिजमा हाल भईरहेको विश्वकपमा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रनबराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गर्नेछ।
सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो।घामपावर नेपालले विकास गरेको यस सुपर कृषक एपले हालसम्म २० हजार बढी नेपाली कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ। अनलाइन कृषि तालिम, माटो जाच्ने सुविधा, एआईको माध्यमबाट रोग कीरा पहिंचान गर्ने कृषि डाक्टर, भू–उपग्रहको सहयोगबाट बालीको स्वास्थ्य, सिंचाई, मौसम स्थिति बारे जानकारी दिने प्रविधि कृषि साथै च्याटबटको माध्यमबाट किसानलाई सहजै कृषि बजारमूल्यम मौसम र विविध जानकारी दिने लगाएतका अन्य विविध सेवा सुविधा सुपर कृषक एपले निःशुल्क प्रदान गर्दै आइरहेको छ।
यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु, र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले बताए।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                