सोमबार, श्रावण १८,२०८३ 07:04:19
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:04:19
Bizshala
Global IME Bank Limited

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम प्रदान

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम प्रदान
New Office

काठमाण्डौ । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । फाउन्डेसनले ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नका लागि उक्त तालिम प्रदान गरेको हो ।  

मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा सञ्चालित यस कार्यक्रम सफलतापुर्बक समापन भएको छ भने, चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको छ ।

यसैबीच, चौधरी फाउन्डेसनले ३ वटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुनेछ ।

कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.