शनिबार, फाल्गुन १०,२०८१ 08:25:39
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:25:39
IME remit
Global IME Bank Limited

मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनी, कुनमा लगानी गर्दा उचित ?

Hyundai Nepal
मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनी, कुनमा लगानी गर्दा उचित ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गत वर्ष बीमा कम्पनीहरुलाई चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएपछि निर्जीवनतर्फ १२ वटा कम्पनीले मर्जरको बाटो रोजेका थिए ।  

साविक सिद्धार्थ र प्रिमियर, सगरमाथा र लुम्बिनी, अजोड र युनाइटेड, आइएमई जनरल र प्रुडेन्सियल, हिमालयन जनरल र एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स गरी १२ कम्पनी एकआपसमा मर्ज भई ६ वटा कम्पनी बनेका छन् ।  

मर्जरपश्चात् अझैपनि सानिमा जिआइसी र युनाइटेड अजोड गरी दुईवटा बीमा कम्पनीको साढे २ अर्ब चुक्तापुँजी पुगेको छैन । दुईवटा कम्पनी एकआपसमा गाभिएर एउटै कम्पनीबाट एकीकृत कारोबार सुरु गरेपश्चात् केही समयसम्म कम्पनीहरुमा मर्जरको सिनर्जी देखिएपछि पछिल्लो तथ्याङ्कअनुसार सो कम्पनीहरुको विजनेश मर्जरपश्चात् जति ग्रोथ हुनुपर्ने थियो त्यति देखिएको छैन ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मर्जरमा गएका निर्जीवन बीमा कम्पनीको स्टक चर्चामा आउने गर्दछन् । मर्जरमा गएर पनि पुँजी नपुगेका बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने वा अपुग पुँजी बराबरको बोनस सेयर जारी गर्न दिने विषयले दोस्रो बजारमा यी कम्पनीहरुको चर्चा हुने गरेको छ ।  

मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनीमध्ये कुनमा लगानी गर्दा उचित र कुन कम्पनीमा लगानी गर्दा बढी जोखिम हुन्छ, त्यसका लागि सेयर लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरण विश्लेषण वा लेखाजोखा गर्नुपर्ने हुन्छ ।  

तर, दोस्रो बजारमा वित्तीय विवरणकै आधारमा लगानी गरिहाल्नु पनि उचित नहुन सक्छ । पछिल्लो केही समययता बजारमा दीर्घकालिन भन्दा पनि अल्पकालिन लगानीकर्ता हाबी छन् । वित्तीय अवस्था बलियो हुँदा पनि केही कम्पनीहरुको सेयरभाउ बढ्न नसकेको उदाहरण प्रशस्तै छन् ।  

मर्जरमा सामेल भएका यी ६ निर्जीवन बीमा कम्पनीले आर्जन गरेको मुनाफा, कम्पनीको व्यवसाय, कोषमा सञ्चित रकम, ईपीएस, नेटवर्थ, लाभांश क्षमता र कम्पनीले गर्ने आम्दानीहरु दोस्रो बजारलाई प्रभाव पार्न सक्ने प्रमुख सूचकहरु हुन् ।  

लगानीकर्ताहरुले दीर्घकालिन लगानीका लागि वित्तीय सूचक विश्लेषण गर्न जरुरी हुन्छ । तेस्रो त्रैमासको आधारमा ६ निर्जीवन बीमा कम्पनीमध्ये कुन कम्पनी कुन सूचकमा अब्बल देखिएको छ, भनेर तुलनात्मक विश्लेषण तयार पारेका छौं । तर यो अध्ययन कुनै कम्पनीको धितोपत्र खरिदका लागि सिफारिस गरिएको भने होइन ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

चुक्तापुँजीको आधारमा  

दोस्रो बजारमा चुक्तापुँजी बढी भएका कम्पनीलाई लार्ज क्याप भएका कम्पनीका रुपमा गनिन्छ । तर बजारमा यस्ता पुँजी धेरै भएका कम्पनीको सेयरभाउ भने कम हुने गर्दछ । बजारमा पुँजी धेरै भएका कम्पनीको सेयर संख्या बढी हुँदा माग कम हुन जान्छ । यसकारण यस्ता कम्पनीको सेयरभाउ पनि कम हुने गर्दछ । तर पुँजी धेरै भएका कम्पनीको सेयरभाउ ह्वात्तै घटबढ हुने सम्भावना भने कम हुन्छ । चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी पुँजी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ अर्ब २ करोड रुपैयाँ छ ।  

महाविपत्ती कोषको आधारमा  

बीमा कम्पनीहरुले महाविपत्ती कोष छुट्याउनुपर्ने प्रावधान छ । भविष्यमा हुन सक्ने जोखिम बहन गर्नका लागि बीमा कम्पनीले यस्तो कोषमा केही प्रतिशत रकम सञ्चित गर्नुपर्ने हुन्छ । चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यस्तो कोषमा १८ करोड ७९ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

रिटेन्ड अर्निङको आधारमा  

बीमा कम्पनीहरुले वित्तीय विवरणमा रिटेन्ड अर्निङ (संचित आम्दानी÷नाफा)कोष सूचक छुट्याएका हुन्छन् । कम्पनजीहरुले सेयरधनी वा कर्मचारी तथा बीमितलाई प्रतिफल नबाँडेर वा भविष्यमा बाँड्नका लागि रिटेन्ड अर्निङ कोषमा रकम छुट्याएका हुन्छन् । तेस्रो त्रैमाससम्म यस्तो कोषमा सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७१ करोड २ लाख रुपंयाँ सञ्चित गरेको छ ।  

बीमा कोषको आधारमा  

बीमा कोष बीमा कम्पनीहरुको प्रमुख सूचक हो । बीमा कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम बीमा कोषका लागि छुट्याउनुपर्ने प्रावधान छ । बीमा कोष बलियो हुँदै जाँदा कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता बलियो भएको मान्न सकिन्छ । चैत मसान्तसम्म सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको यस्तो कोषमा ७ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ ।  

बीमा शुल्क आर्जनको आधारमा  

बीमा कम्पनीहरुको लागि बीमा शुल्क आर्जन नै मुख्य व्यवसाय सूचक हो । लगानीकर्ताले आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय अवस्था कस्तो छ बुझ्न आवश्यक हुन्छ । बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन गरी विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन् । लगानीको दायरा बढाउँदै जाँदा कम्पनीको नाफा पनि बढ्न सक्ने सम्भावना बढ्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३७ करोड रुपैया कुल बीमा शुल्क आर्जन गरेको छ ।  

कुल आम्दानीको आधारमा  

बीमा कम्पनीहरुको मुख्य आम्दानी भनेको बीमा शुल्क बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राखिनु हो । कम्पनीहरुले ठूलो रकम बैैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा राखेका हुन्छन् । साथै सूचीकृत सेयर तथा सरकारी ऋणपत्र, हाइड्रोपावर कम्पनी जस्ता अन्य क्षेत्रमा पनि कम्पनीहरुले लगानी गरेका हुन्छन् । लगानीबाटै कम्पनीहरुले आम्दानीको स्रोत बढाएका हुन्छन् । तेस्रो त्रैमाससम्म सर्वाधिक सिद्धार्थ प्रिमियरले २ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

खुद दाबी भुक्तानीको आधारमा  

बीमा कम्पनीहरुको लागि दाबी भुक्तानी सूचक महत्वपूर्ण सूचक हो । दाबी भुक्तानीको अवस्थाले कम्पनी बीमितमैत्री छ वा छैन थाहा पाउन सकिन्छ । यदि कम्पनीको दाबी भुक्तानीको अवस्था कमजोर देखिएमा कम्पनीको व्यवसायमा विस्तार नदेखिएको र बीमितमैत्री समेत नरहेको बुझ्न सकिन्छ । तेस्रो त्रैमाससम्म सर्वाधिक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७७ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।  

खुद नाफाको आधारमा  

खुद नाफा कम्पनीहरुको प्रमुख सूचक हो । लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीले कति मुनाफा कमाईरहेको छ, त्यो थाहा पाउनु जरुरी हुन्छ । आर्जित मुनाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश दिन सक्छ वा सक्दैन अनुमान लगाउन सकिन्छ । चालु आवको तेस्रो त्रैमाससम्म सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

प्रतिसेयर आम्दानीका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२.३५ रुपैयाँ छ ।  

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । चैत मसान्त सबैभन्दा बढी बुकभ्यालु सिद्धार्थ प्रिमियरको २५४.५९ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । थर्ड क्वाटरसम्म सबैभन्दा थोरै पीई रेसियो हिमालयन एभरेष्ट इन्स्योरेन्सको १८.२७ रुपैयाँ छ ।  अधिकतम/न्यूनतम सेयरभाउको आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि लगानीकर्ताले सम्बन्धीत कम्पनीको अधिकतम र न्यूनतम सेयरभाउ कति पुगेको छ, त्यो हेरेर लगानी गरेका हुन्छन् । अधिकतम सेयरभाउ कति छ र दोस्रो बजारमा कम्पनीको सेयरलाई कति भाउमा लगानी गर्ने त्यो लगानीकर्ताले विश्लेषण गर्नुपर्दछ । नेप्सेको फ्लोरसिटअनुसार सर्वाधिक धेरै सिद्धार्थ प्रिमियरको सेयरभाउ ८३७ रुपैयाँ पुगेको छ भने सबैभन्दा थोरै सानिमा जिआइसीको ४१९ रुपैयाँसम्म झरेको छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.