आईतवार, फाल्गुन ११,२०८१ 10:00:56
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:00:56
IME remit
Global IME Bank Limited

अमेरिकी सीईओहरुका लागि फलिफाप बन्दै सेयर बजार, अन्य कर्मचारीको तुलनामा २०० गुणा बढी आर्जन

Hyundai Nepal
अमेरिकी सीईओहरुका लागि फलिफाप बन्दै सेयर बजार, अन्य कर्मचारीको तुलनामा २०० गुणा बढी आर्जन
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सेयर बजारमा सूचीकृत कम्पनीका सीईओहरुले कर्मचारीहरुको तुलनामा झण्डै २०० गुणा बढी आर्जन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । एशोसिएटेड प्रेसले सर्वाजनिक गरेको रिपोर्टका अनुसार आर्जनको विषयमा अमेरिकी सेयर बजारमा सूचीकृत कम्पनीमा कार्यरत सीईओ र कर्मचारीहरुबीचको खाडल व्यापक वृद्धि भएको छ ।  

रिपोर्टका अनुसार एस एण्ड पी मा सूचीकृत कम्पनीका सीईओहरुको औषत कमाई आम कर्मचारीको तुलनामा १९६ गुणाले बढी छ । यो अनुपात सन् २०२२ मा १८५ गुणा थियो ।  

सीईओहरुलाई प्रदान गरिने तलब लगायतका सेवा सुविधा कम्पनीको सेयरमूल्य समेतका आधारमा निर्धारण हुने भएकाले सीईओहरुको तलब कर्मचारीहरुको तुलनामा तीव्र गतिमा बढीरहेको छ । अधिकांश कर्मचारीहरु भने दैनिक जीवनयापन गर्न समेत धौधौ हुने अवस्थामा काम गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।  

सन् २०२३ मा एस एण्ड पीका सीईओहरुले औषत कुल १६.३ मिलियन डलरबराबरको तलवसुविधा पाएका थिए । जुन सन् २०२२ को तुलनामा १२.६ प्रतिशतले धेरै हो । अन्य कर्मचारीहरुले पनि पैसा आर्जन गरिरहेको तर उनीहरुको कमाउने गति भने निकै कम रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।  

सन् २०२३ मा कर्मचारीहरुले औषत वार्षिक तलब ८१ हजार ४६७ थियो । यो सन् २०२२ को  तुलनामा ५.२ प्रतिशतले धेरै हो । बढेदो महंगी र कार इन्स्योरेन्स जस्ता दायित्व बहन गर्न भने यो रकम कम भएको रिपोर्टमा जनाइएको छ । अमेरिकामा अहिले मुद्रास्फिती घटेतापनि अझै सामान्य भन्दा भने बढी नै छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

अमेरिकामा सीईओहरुको तलब सुविधा स्कट मार्केटको प्रदर्शनका आधारमा निर्धारण हुने गर्छ । सीईओहरुले तलब पाएता पनि उनीहरुले कुल तलब सुविधा भने स्कट रिवाड्सबाट प्राप्त गर्ने गर्छन् । गत वर्ष सीईओहरुको कुल तलब सुविधामा स्कट रिवाड्सको हिस्सा ७० प्रतिशत रहेको थियो ।  

गत वर्ष अमेरिकी सेयर बजार एस एण्ड पी ५०० २४ प्रतिशतले बढेको थियो ।  

गत वर्ष ब्रोडकमका सीईओ हक टानले सर्वाधिक तलब सुविधा पाएका थिए । उनले एक वर्षमा १६१.८ मिलियन डलरबराबरको तलब सुधिाव थापेका थिए । यसमा अधिकांश हिस्सा स्कट रिवाड्स रहेको छ । गत वर्ष कम्पनीको सेयरमूल्य झण्डै दोब्बरले वृद्धि भएको थियो । जसका कारण उनको तलब सुविधा व्यापक बढेको हो ।  

टानले प्राप्त गरेको यो रकम कम्पनीका कर्मचारीले प्राप्त गरेको औषत तलबको तुलनामा ५१० गुणा बढी हो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.