सोमबार, चैत्र २५,२०८१ 09:33:38
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 09:33:38
IME remit
Global IME Bank Limited

बीमाको दायरा बढाउने प्राधिकरणको प्रयास असफल, बीमा कम्पनीहरु व्यवसाय बढाउन मात्रै केन्द्रीत

Hyundai Nepal
बीमाको दायरा बढाउने प्राधिकरणको प्रयास असफल, बीमा कम्पनीहरु व्यवसाय बढाउन मात्रै केन्द्रीत
Nabil Bank Limited

काठमाण्डौ । बीमाको दायरा ४३.५६ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीम प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरा ४३.५६ प्रतिशत जनसंख्यामा पुगेको हो । 

गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा बीमाको दायरा ०.१८ प्रतिशतले घट्न पुगेको छ । गत आवको सो अवधिसम्म बीमाको दायरा ४३.६४ प्रतिशत जनसंख्यामा पुगेको थियो । प्राधिकरणको तथ्याङ्कअनुसार अझैपनि आधा भन्दा बढी जनसंख्या बीमाको दायरामा छैनन् । अर्थात् आधा भन्दा बढी जनसंख्याले बीमा गरेका छैनन् । नेपाल बीमा प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न प्रयासहरु गरेपनि प्राधिकरणको प्रयासले सफलता पाउन सकेको छैन । चालु आर्थिक वर्षमा मात्रै बीमा प्राधिकरणले स्थानीय तहसम्म बीमाको पहुँच पुर्याउने हेतुले लघुबीमाको लाइसेन्स बाँडेको थियो ।

जसअनुसार हाल ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा गरी कुल ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । लघुबीमा कम्पनीहरुले पनि आफ्नै तवरमा व्यवसाय बढाइरहेका छन् । तर प्राधिकरणले केही वर्षदेखि बीमाको दायरा बढाउने प्रयास गरेपनि गत वर्षको तुलनामा झनै घट्दै गइरहेको छ । गत वर्ष देशमा अर्थतन्त्र सुस्ताउँदाका वाबजुत पनि बीमाको दायरा हालको तुलनामा बढी नै थियो । बीमा प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । 

साथै, बीमा कम्पनीहरुलाई पनि विभिन्न प्रदेशमा बीमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्न निर्देशन दिदैं आइरहेको छ । तरपनि आधा भन्दा बढी जनसंख्या बीमाको दायरा बाहिर छन् । प्राधिकरणले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नहुनु र सबै क्षेत्रलाई समेट्ने गरी सो क्षेत्रका जनसंख्यालाई बीमाको दायरामा ल्याउन लघुबीमा लाइसेन्स बाँडेको प्राधिकरणको योजना सफल हुन सकेको छैन । अझैपनि देशको अर्थतन्त्रमा सुस्तता कायम हुँदा बीमाको दायरा भनेजस्तो बढ्ने नसकेको बीमा प्राधिरकणले जनाएको छ । आर्थिक गतिविधिमा गतिशिलता नआउनु, रोजगारीको अवसर सिर्जना हुन नसक्नु र कोभिडपश्चात् बन्द भएका साना तथा घरेलु उद्योगहरु सञ्चालनमा आउन नसक्दा बीमाको दायरा बढ्न नसकेको बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए । अर्थतन्त्र विस्तारै सुधारिँदै गएपछि बीमा गर्नेको संख्या बढ्ने र सोही अनुसार बीमाको दायरा जनसंख्या प्रतिशत समेत बृद्धि हुने सिलवालको भनाई छ ।

बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घटेपनि बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन भने बृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनासम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो प्रिमियम रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ५.२७ प्रतिशतले बढी हो । गत वर्षको यस अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब ४६ अर्ब ७९ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । चालु आवको वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.४४ प्रतिशत बढेको छ भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १.१६ प्रतिशतले मात्रै बृद्धि भएको छ । 

जीवन बीमकहरुले १ खर्ब २१ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् भने निर्जीवन बीमकहरुले ३३ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सो अवधिसम्म जीवन बीमालेख संख्या ०.५१ प्रतिशतले मात्रै बृद्धि भएको छ भने निर्जीवन बीमालेख संख्या भने ५.४५ प्रतिशतले बृद्धि भएको छ । वैशाससम्म जीवन बीमा कम्पनीहरुमा कायम बीमालेख संख्या १ करोड ३९ लाख ५४ हजार ५७१ रहेको छ । 

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा पोलिसी संख्या २४ लाख ७८ हजार ७२७ रहेको छ । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अर्थात् नयाँ व्यवसाय ४.३२ प्रतिशतले बढेको छ भने नविकरण बीमा शुल्क आर्जन ६.९९ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष नयाँ व्यवसायमार्फत २३ अर्ब ३२ करोड प्रिमियम संकलन गरेको जीवन बीमकहरुले यस अवधिसम्म २४ अर्ब ३३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

Shivam Cement
Bizshala
CG Motors

त्यस्तै, जीवन बीमकहरुले नविकरणमार्फत ९७ अर्ब १२ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो रकम गत वर्षको तुलनामा ६.४४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिसम्म नविकरणमार्फत जीवन बीमकहरुले ९० अर्ब ७८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमाको दायरा बढाउन बीमा कम्पनीहरुको ठूलो भूमिका रहेको हुन्छ । तर तथ्याङ्कअनुसार बीमा कम्पनीहरु बीमको दायरा बढाउन भन्दा पनि व्यवसाय बढाउनतर्फ उन्मुख भएको देखिएको छ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय खासै बढ्न नसक्दा नविकरणमार्फत भित्रिने व्यवसाय उल्लेख्य बृद्धि भएको देखिएको छ । 

यसर्थ बीमा कम्पनीहरुले बीमा गर्नेको जनसंख्या प्रतिशत बढाउन भन्दा आफ्नो व्यवसाय प्रतिशत बढाउन लागिपरेको देखिन्छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई विभिन्न प्रदेशमा बीमा सचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिएपनि बीमा कम्पनीहरुले यस्ता कार्यक्रमहरु अनिवार्य गरेको देखिंदैन । केही कम्पनीहरुले फाट्टफुट्ट कार्यक्रम गरेर प्राधिकरणको निर्देशन आलटाल गरेको देखिन्छ । प्राधिकरणका अनुसार १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमालेख संख्या उत्कृष्ट बृद्धि भएको छ भने म्यादी र लघुम्यादी जीवन बीमालेख संख्या भने घट्न पुगेको छ । गत वर्षको यस अवधिसम्म १५ लाख २३ हजार २६८ रहेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख संख्या यस अवधिसम्म ३५.९१ प्रतिशतले बढेर २० लाख ७० हजार २६२ पुगेको छ । 

त्यस्तै, गत वर्ष ६८ लाख ३६ हजार रहेको म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या यस अवधिसम्म ७.७६ प्रतिशतले घटेर ६३ लाख ६ हजार कायम भएको छ । यसका साथै जीवन बीमा कम्पनीहरुको जीवन बीमालेख संख्या पनि सामान्य बढेको छ । गत वर्षको वैशाखसम्म ५५ लाख २३ हजार ७०७ रहेको जीवन बीमालेख संख्या ०.९९ प्रतिशतले बढेर ५५ लाख ७८ हजार २५९ पुगेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.