काठमाण्डौ । आज डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १५ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य स्थिर रहेको हो ।
केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर १३३.२९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४०२ रुपैयाँ र बिक्रीदर १४४.६७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५६ र बिक्रीदर १६९.३२रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.२४ रुपैयाँ र बिक्रीदर ८७.६४ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.३९ रुपैयाा र बिक्रीदर ३६.५६ रुपैयाँ रहेको छ । केन्द्रीय बैंकका अनुसा्र आज एक बहराइन डिनारको खरिददर ३५१.९६ रुपैयाँ र बिक्रीदर ३५३.५५ रुपैयाँ रहेको छ ।