मंगलवार, असार ३,२०८२ 11:52:49
  • मंगलवार, असार ३,२०८२ 11:52:49
Global IME Bank Limited

बंगलादेशले नेपालबाट प्रतियुनिट ९ रुपैयाँमा ४० मेगावाट विद्युत खरिद गर्ने, अडाणी पावरलाई तिर्दै आएको मूल्यभन्दा धेरै सस्तो

Hyundai Nepal
बंगलादेशले नेपालबाट प्रतियुनिट ९ रुपैयाँमा ४० मेगावाट विद्युत खरिद गर्ने, अडाणी पावरलाई तिर्दै आएको मूल्यभन्दा धेरै सस्तो
Nabil Bank Limited

काठमाण्डौ ।  बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको छ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले मंगलबार नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको हो । बंगलादेशका सञ्चार माध्यमका अनुसार सीसीजीपीले प्रतियुनिट ८.१७ टका(करिब ९ रुपैयाँ)मा नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ ।  

क्याबिनेट डिभिजनका सचिव महमुदु्ल हुसेनले नेपालले प्रति युनिट ०.६४० डलर प्राप्त गर्ने र भारतीय प्रसारणलाइनको प्रयोग गरेबापत भारतलाई प्रतियुनिट ०.०५९५ रुपैयाँ शुल्क तिर्नुपर्ने बताएका छन् । यद्यपी उनले भारतले प्राप्त गर्ने ट्रान्समिशन चार्जका बारेमा भने बैठकमा निर्णय नभएको बताएका छन् ।  

बंगलादेशको पावर डिभिजनका अधिकारीहरुले बंगलादेशले नेपाललाई प्रति युनिट ०.६९७ डलर (८.१७ टका) तिर्ने र यसमा विद्युतको मूल्य,ट्रान्समिशन चार्ज र ट्रेड मार्जिन पनि समावेश हुने बताएका छन् । तर ट्रान्समिशन चार्ज भने बेला–बेला परिवर्तन भईरहने छ ।  

नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड(बीपीडीपी)बीचको त्रिपक्षिय सम्झौतामा नेपालले ५ वर्षका लागि बंगलादेशमा प्रतियुनिट ०.७०० डलरमा ४० मेगावाट विद्युत आपूर्ति गर्ने प्रस्ताव गरेको थियो । जसमा बंगलादेशले प्रतियुनिट ०.५०० डलर तिर्न इच्छुक रहेको जनाएको थियो ।  

भारतको अडाणी पावर प्लान्ट र बंगलादेशको निजी पावर प्लान्टबाट आपूर्ति भईरहेको विद्युतका लागि बीपीडीपीले तिर्दे आएको बिजुलीको मूल्यभन्दा नेपालबाट सहमति भएको विद्युत आयातको मूल्य कम भएको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीपीडीपीको आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदन अनुसार अडाणीको कोइलाबाट चल्ने गोड्डा पावर प्लान्टको प्रतियुनिट विद्युतको मूल्य १४.०२ टका, स्वतन्त्र पावर प्लान्टको १४.६२ टका र भाडाको पावर प्लान्टको १२.५२ टका रहेको थियो ।  

टकाको अवमूल्यनका कारण विगत एक वर्षयता विद्युत् खरिद मूल्य बढेको बंगालदेशका विद्युत महाशाखाका अधिकारीले बताएका छन् ।  

महमुदु्लले नेपालबाट पहिलो पटक हुन लागेको विद्युत आयातले ग्यास र कोइलाबाट चल्ने ऊर्जा मिश्रणमा हरित ऊर्जाको अंश बढाउने बंगलादेशको प्रतिबद्धतालाई बढावा दिने बताए । बंगलादेशले नेपालबाट ५०० मेगावाट विद्युत खरिद गर्न इच्छुक रहेको बंगलादेशका सञ्चार माध्यमले बताएका छन् ।  

बंगलादेशमा नेपालबाट विद्युत नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइनमार्फत प्रवाह गरिने छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.