काठमाण्डौ । एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । केहि दिनअघि मात्रै विश्वको धनाढ्यको सूचीमा दोस्रो स्थानमा झरेका मस्कले पुनः शीर्ष धनाढ्यको ताज हासिल गरेका हुन् ।
मस्कले जेफ बेजोसलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् । सम्पत्तिमा आएको उछालका कारण मस्कले बेजोसलाई पछि पारेका हुन् । मस्कको सम्पत्ति ६.७४ अर्ब डलरले बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति २१० अर्ब डलर पुगेको छ ।
विश्व धनाढ्यको सूचीको दोस्रो स्थानमा रहेका जेफ बेजोसको सम्पत्ति भने २०७ अर्ब डलर रहेको छ । ब्लुमबर्गको रिर्पोटका अनुसार विश्वका शीर्ष १० धनाढ्यको सूचीमा ३ जना अरबपति २ सय अर्ब डलर क्लबमा समावेश छन् । एलन मस्कको कुल सम्पत्ति २१० अर्ब डलर,जेफ बेजोसको २०७ अर्ब डलर र फ्रान्सेली धनाढ्य बनार्ड अर्नल्टको कुल सम्पत्ति २ सय अर्ब डलर छ ।
विश्वको चौथो धनाढ्य मार्क जुरबर्गको कुल सम्पत्ति १८० अर्ब डलर छ । त्यस्तै ल्यारी पेज १५८ अर्ब डलर सम्पत्तिका साथ धनाढ्यको सूचीको ५ औं स्थानमा छन् ।
एशिया महादेशको सबेभन्दा धनी व्यक्तिको स्थानमा भने भारतीय धनाढ्य मुकेश अम्बानी यथावत छन् । उनको मुल सम्पत्ति ११३ अर्ब डलरबराबर छ । विश्व धनाढ्यको सूचीमा भने अम्बानी १३ औं स्थानमा छन् । -एजेन्सी