शुक्रबार, भाद्र ५,२०८३ 07:58:15
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 07:58:15
Bizshala
Global IME Bank Limited

एआई प्रविधिको प्रयोग गर्ने बीमकको संख्या बढ्दो, बीमा दाबी प्रक्रियामा क्रान्तिकारी परिवर्तन आउँदै

एआई प्रविधिको प्रयोग गर्ने बीमकको संख्या बढ्दो, बीमा दाबी प्रक्रियामा क्रान्तिकारी परिवर्तन आउँदै
New Office

काठमाण्डौ । विश्वका अधिकांश बीमा कम्पनीहरुले बीमाको विविध क्षेत्रमा कृत्रिम बौद्धिकता(एआई)को प्रयोग गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । दाबी सेवा प्रदायक गालाघेर बास्सेटले गरेको सर्वेक्षणमा विश्वका अधिकांश बीमकहरुले दाबी  भुक्तानी प्रक्रिया,अन्डरराईटिङ र ग्राहकहरुको समस्या समाधान गर्नका लागि एआई च्याटबट र एआई जेनेरेटिभको प्रयोग गरिरहेको तथ्य सार्वजनिक भएको हो ।  

सर्वेक्षणमा सन् २०२४ मा बीमकहरुले एआई प्रविधिको प्रयोग, मूल्य निर्धारणको बारेमा जानकारी दिन अन्डरराईटिङ जोखिमको उचित मूल्यांकन र कर्मचारीलाई टिकाइराख्नका लाभि विभिन्न रणनीतिहरुमा जोड दिईरहेको पाइएको छ ।  

विश्वभरका बीमकहरुको आँकडाअनुसार एआई प्रविधिको प्रयोग सबैभन्दा धेरै ग्राहक सेवामा भईरहेको छ । ग्राहक सेवामा ६७ प्रतिशत र दाबी प्रक्रियाम ४५ प्रतिशत  एआई प्रविधिको प्रयोग भईरहेको रिपोर्टमा उल्लेख गर्रिएको छ ।  

यस्तै यी प्रविधिहरुले बीमकहरुको जोखिम व्यवस्थापनमा समेत मुख्य भूमिका निर्वाह गरिरहेका छन् । जोखिम व्यवस्थापनमा ३१ प्रतिशत र अन्डरराईटिङ प्रक्रियामा २५ प्रतिशत एआई प्रविधिको प्रयोग भईरहेको छ ।  

Bizshala
CG Motors

बीमा क्षेत्रमा एआई प्रविधिको प्रयोग विश्वका सबै क्षेत्रमा स्थिर रहेको छ । तर प्रतिशतका आधारमा भने केहि तलमाथि देखिएको छ ।  

विश्वका ४४ प्रतिशत बीमकहरु दाबी भुक्तानी प्रक्रियामा एआई च्याटबट र जेनेरेटिभ एआईको प्रयोग गर्ने प्रक्रियामा रहेको सर्वेक्षणमा उल्लेख छ । साथै,४२ प्रतिशत बीमकहरुले भने यी प्रविधिहरुलाई पूर्ण रुपमा अपनाईसकेका छन् ।  

क्षेत्रगत रुपमा न्यून भिन्नता देखिएको छ । बेलायतमा ४० प्रतिशत बीमकले एआई च्याटबट अथवा जेनेरेटिभ एआई टुल्सको प्रयोग गरिसकेका छन् । सर्वेक्षणका अनुसा्र ४३ प्रतिशत बीमक भने एआई प्रविधिको प्रयोगलाई कार्यान्वयन गर्नतर्फ उन्मुख छन् ।  

सुरुवाती चरणमा एआईले चुनौतिहरु निम्त्याईरहेको रिपोर्टमा उल्लेख छ । सर्वेक्षेणमा उत्तर अमेरिका,बेलायत,अष्ट्रेलिया र न्यूजील्याण्डमा बीमा व्यवसाय गरिरहेका १५० बीमकहरुलाई समेटिएको थियो ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.