काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । आज अमेरिकी क्रुड आयल फ्युचर्स डब्लूटीआई क्रुडको मूल्य ०.१८ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ८३.५३ डलर पुगेको छ ।
त्यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.२७ प्रतिशतले बढ्दै प्रतिब्यारेल ८६.८३ डलर कायम भएको छ ।
सोमबार पनि अमेरिकी क्रुड आयल फ्युचर्सको मूल्य २ प्रतिशतले वृद्धि भएको थियो ।
इजरायल र इरानबीचको बढ्दो तनाव र बढ्दो रिस्क प्रिमियमका कारण पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भईरहेको छ ।
एट्लान्टिक क्षेत्रको मौसमको अवस्था र क्यारिबियन क्षेत्रमा आउन सक्ने आधिहुरीको सम्भावनाले कच्चा तेलको प्रशोधनमा प्रभावित हुन सक्ने जोखिमले रिस्क प्रिमियम शुल्क बढ्न पुगेको छ ।