शुक्रबार, भाद्र ५,२०८३ 06:52:55
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 06:52:55
Bizshala
Global IME Bank Limited

३ वर्षदेखि सेयरधनीलाई बोनस नदिएको नेपाल लाइफले कर्मचारीका लागि खर्चियो रु.१.४ अर्ब, १२६% बढायो बोनस

३ वर्षदेखि सेयरधनीलाई बोनस नदिएको नेपाल लाइफले कर्मचारीका लागि खर्चियो रु.१.४ अर्ब, १२६% बढायो बोनस
New Office

काठमाण्डौ । विगत ३ वर्षदेखि सेयरधनीहरुलाई बोनस नबाँडेको नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीहरुलाई बाँड्ने बोनस भने १२६.७१ प्रतिशतले बढाएको छ ।  

कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई २५ करोड १ लाख रुपैयाँ बोनस वितरण गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले कर्मचारीहरुलाई जम्मा ११ करोड ३ लाख रुपैयाँ मात्रै बोनस वितरण गरेको थियो ।  

कम्पनीले आर्थिक वर्ष २०७७/७८ देखि सेयरधनीलाई बोनस बाँडेको छैन । उक्त आवमा कम्पनीले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । यसका साथै आव २०७८/७९ मा भने कम्पनीले कुनै खालको लाभांश बाँडेको थिएन ।  

सो वर्षमा कम्पनीले एफपीओ र हकप्रद सेयर लिलामीमा प्राप्त प्रिमियम वापतको १ अर्ब २ करोड रुपैयाँ सरकारलाई राजश्व बुझाएको थियो । जसकारण कम्पनीले आव २०७८/७९ मा सेयरधनीहरुलाई कुनै खालको लाभांश बाँडेको थिएन ।  

त्यस्तै, कम्पनीले गत आवको मुनाफाबाट भने आफ्ना सेयरधनीहरुलाई २१.०५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ । विगत ३ वर्षयता कम्पनीले सेयरधनीलाई बोनस वितरण नगरी नगद मात्रै बाँड्दै आएको छ ।  

सेयरधनीहरुलाई बोनस बाँड्न नसकेपनि कम्पनीले आफ्ना कर्मचारीलाई भने उत्कृष्ट बोनस वितरण गरेको छ । बोनससँँगै कम्पनीले कर्मचारी तलब, चाडपर्व भत्ता लगायत विभिन्न सुविधामा खर्चिने रकम भने बढाएको छ ।  

कम्पनीले कर्मचारीको तलब समेत ९.१६ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ४४ करोड ६३ लाख रुपैयाँ तलब बाँडेको कम्पनीले गत आवमा भने ४८ करोड ७१ लाख रुपैयाँ तलब वितरण गरेको छ ।  

Bizshala
CG Motors

यसका साथै चाडपर्व भत्ता पनि ३०.२५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले दशैं र तिहार जस्तो ठूलो पर्वमा कर्मचारीलाई बाड्ने भत्ता पनि बढाएको हो । गत आवमा कम्पनीले यस्तो शिर्षकमा ३ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ६ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।  

त्यस्तै, कम्पनीले गत आवमा सामाजिक सुरक्षा कोष शिर्षकमा २ करोड ८९ लाख, ग्रेज्युटी शिर्षकमा ८ करोड २८ लाख, विदा भत्ता शिर्षकमा ४ करोड २२ लाख, कर्मचारी तालिमका लागि १ करोड ४३ लाख र कर्मचारीको स्वास्थ्य उपचारका लागि १० हजार रुपयाँ खर्च गरेको छ ।  

यसका साथै कर्मचारीहरुको स्वास्थ्य तथा दुर्घटना बीमा वापत १ करोड ४८ लाख रुपैयाँ र कर्मचारी उत्प्रेरणा तथा हौसलाको लागि १ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।  

यसरी कम्पनीले गत आवमा मात्रै कर्मचारी सुविधाका लागि कुल १ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २६.८५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले कर्मचारी सुविधाका लागि ८२ करोड रुपैयाँ मात्रै रकम खर्च गरेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.