काठमाण्डौ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सीजी मोटर्स प्रालिसँग शुक्रबार सम्झौता गरेको छ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत विनय दाहाल र सीजी मोटर्सका तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापश्चात सीजी मोटर्सका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।