काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आँट भए संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान चुनौति दिएका छन् ।
संसदमा सम्बोधन गर्दै प्रचण्डले यस्तो चुनौति दिएका हुन् ।
राम्रो नियतले संविधान संसोधन गर्न खोजेको हो भने खुल्ला छलफल गर्न आग्रह गरे । 'संविधान संसोधनजस्तो जटिल र सम्वेदनशील विषयमा खेलाँची नगर्नुहोला । कतै तपाईहरुको ईच्छा ०४७ सालतिरै र वरिपरि फर्किने त होइन ?' उनले प्रश्न गर्दै भने-'संविधान नै संसोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाऔं ।'
उनले संविधान संसोधनको सपना देखे पनि राष्ट्रियसभाको सबैभन्दा ठूलो दल माओवादीबिना त्यो सम्भव नहुने उनको जिकिर छ ।