मंगलवार, असार ३,२०८२ 12:29:37
  • मंगलवार, असार ३,२०८२ 12:29:37
Global IME Bank Limited

बाँसबारीदेखि बालमन्दिरसम्मको जग्गामा जोडिएकाहरुले कांग्रेस-एमाले मिलाए

Hyundai Nepal
बाँसबारीदेखि बालमन्दिरसम्मको जग्गामा जोडिएकाहरुले कांग्रेस-एमाले मिलाए
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले केही समूह अप्ठ्यारोमा परेका कारण आफू नेतृत्वको सरकार अल्पमतमा परेको दाबी गरेका छन् ।  

प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले यस्तो दाबी गरेका हुन् ।  

उनले विभिन्न ठूला प्रकरण तथा फाइलहरु खोल्न थालेपछि त्यससँग जोडिएका समूहहरुले कांग्रेस र एमालेलाई मिलाएको समेत उनको दाबी छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘सरकारको सुशासन अभियानले हिजोसम्म शासन गरिरहेको वर्ग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो । एउटा समूह डरायो । ललितानिवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तिको प्रक्रिया सुरु भयो अर्को समूह डरायो,” उनले भने, “भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठूलै समूह डरायो । बाँसबारीदेखि बालमन्दिरको जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो ।’”

त्यही शक्तिले कांग्रेस र एमालेलाई मिलाएको उनको दाबी छ ।

प्रचण्डले सदनमा रहेका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाउँदा सदन निरंकुशतातर्फ जाने दाबी गरे । उनले दुई ठूला दलको सत्ता यात्राले देशलाई प्रतिगमनतर्फ लैजान खाजेको आरोपसमेत लगाए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.