सोमबार, असार २,२०८२ 10:48:41
  • सोमबार, असार २,२०८२ 10:48:41
Global IME Bank Limited

भारतीय सेयर बजार फेरि किर्तिमानी उचाईमा, दैनिक रेकर्ड बनाउँदै

Hyundai Nepal
भारतीय सेयर बजार फेरि किर्तिमानी उचाईमा, दैनिक रेकर्ड बनाउँदै
Nabil Bank Limited

काठमाण्डौ । मंगलबार भारतीय सेयर बजारले फेरि अलटाइम हाईको रेकर्ड बनाएको छ ।  

सेन्सेक्स २०० भन्दा बढी अंकले बढेर ८०८९८ र निफ्टी करिब ६० अंकले बढेर २४६६१ को उचाईमा पुगेको हो । यो भनेको यी दुवै बजार परिसूचकको किर्तिमानी उचाई हो ।  

मंगलबारको सुरुवाती कारोबारमा सबैभन्दा बढी रियल्टी सेयरमा वृद्धि भएको छ । त्रैमासिक नतिजापछि स्पाइसजेट ५ प्रतिशत बढेको छ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेन्सेक्सका ३० वटा स्टकमध्ये २० वटा बढिरहेका छन् र १० वटा घटिरहेका छन् । भारती एयरटेल, आईसीआईसीआई बैंक इन्फोसिस, हिन्दुस्तान युनिलिभर, इन्फोसिस र टाटा स्टीलले बजारलाई माथि धकेलिरहेका छन् भने रिलायन्स, कोटक बैंक, अल्ट्राटेक सिमेन्ट, एलटी र एक्सिस बैंकले बजार तल तानिरहेका छन्।

यसैबीच, एशियाली बजारमा मिश्रित कारोबार भइरहेको छ । जापानको निक्केई ०.४५ प्रतिशतले बढेको छ । हङकङको ह्याङ सेङ १.३७ प्रतिशत र चीनको सांघाई कम्पोजिट ०.२१ प्रतिशतले तल झरेको छ ।

सोमबार अमेरिकी बजारमा उछाल आएको छ ।  

हिजो पनि निफ्टीले अहिलेसम्मकै उच्च विन्दू चुमेको थियो ।  

यसअघि हिजो अर्थात् १५ जुलाईमा पनि निफ्टीले सबै समय उच्च बनाएको थियो । कारोबारको क्रममा २४ हजार ६ सय ३५ को स्तरमा पुगेको थियो । तर, त्यसपछि केही ओरालो लाग्यो र ८४ अंकले उकालो लागेर २४ हजार ५८६ को स्तरमा बन्द भयो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.