बुधबार, भाद्र २५,२०८२ 12:02:13
  • बुधबार, भाद्र २५,२०८२ 12:02:13
Global IME Bank Limited

सरकारले पूँजीबजारबाट एकैदिन उठायो १४.६५ करोड राजश्व, वियरिस बजारपछि कै उच्च

Hyundai Nepal
सरकारले पूँजीबजारबाट एकैदिन उठायो १४.६५ करोड राजश्व, वियरिस बजारपछि कै उच्च

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दैनिक १५ अर्ब हाराहारीको कारोबार हुन थालेसँगै पूँजीबजारबाट सरकारले दैनिक करडौं राजश्व संलकन गर्न थालेको छ । विगत लामो समयदेखि सेयर बजारमा सुस्तता आएपछि सरकारको राजश्व खुम्चिदै गएको थियो । तर सत्ता समीकरण परिवर्तन भएर नयाँ सरकार र नयाँ अर्थमन्त्री आएसँगै सेयर बजारले गति लिन थालेपनि भने सरकारले पूँजीबजारबाट उठाउने राजश्व समेत बढेको छ ।  

गत साउन ३ गते नेप्सेमा साढे १५ अर्ब बढीको कारोबार भएको थियो । सीडीएसीले दिएको जानकारी अनुसार उक्त दिन लगानीकर्ताहरुले नेपाल सरकारलाई आफ्नो नाफाबाट १४ करोड ६५ लाख पूँजीगत लाभकर तिरेका छन् । यो रकम पछिल्लो वियरिस बजारकै उच्च । वियरिस बजारमा एक महिनाको अवधिमा समेत यति राजश्व उठेको थिएन ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्षमा सरकारले साढे ५ अर्ब राजश्व पूँजीबजारबाट उठाएको थियो ।  

सेयर बजारमा दीर्घकालीन भन्दा अल्पकालिन लगानीकर्ताले बढी पूँजीगत कर तिरेका हुन्छन् । अल्पकालिन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताले भने हाल १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् । सेयर बजारमा ३६५ दिन भन्दा कम अवधिलाई अल्पकालिन र सो भन्दा बढीको समय अवधिलाई दीर्घकालिन मानिन्छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.