मंगलवार, आश्विन २७,२०८३ 01:20:19
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:20:19
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली जारी, यस्ता छन् व्यवस्था

Bizshala
राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली जारी, यस्ता छन् व्यवस्था
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ लागू गरेको छ। बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले यो विनियमावली लागू गरेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सोही विनियमावलीबमोजिम राष्ट्र बैंकसँग स्वाप कारोबार गर्न निर्देशन समेत दिएको छ ।  

विनियमावलीमा विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउन्टरपार्टीबीच ‘खरिद–बिक्री अमेरिकी डलर÷नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिने व्यवस्था गरिएको छ। स्वाप कारोबारको पहिलो चरणमा राष्ट्र बैंकले काउण्टर पार्टीसँग तोकिएको स्पट दरमा अमेरिकी डलर खरिद गरी नेपाली रुपैयाँ बिक्री गर्नेछ । स्वाप कारोबारको दोस्रो चरणमा पहिलो चरणको कारोबार रकम बराबरको अमेरिकी डलर तोकिएको फरवार्ड मिति र तोकिएको फरवार्ड दरमा राष्ट्र बैंकले काउण्टर पार्टीलाई बिक्री गरी नेपाली रुपैयाँखरिद गर्नेछ ।

 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै अमेरिकी डलर रकम, स्पट दर, पहिलो चरणको कारोबार राफसाफ मिति, फरवार्ड दर र दोस्रोचरणको कारोबार राफसाफ मिति स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गरिनेछ । यस विनियमावली बमोजिम गरिने स्वाप कारोबार अमेरिकी डलर/नेपाली रुपैयाँमा हुनेछ ।

यस विनियमावलीमा उल्लिखित कार्यहरूलाई सुचारु रूपले सम्पादन गर्नका लागि ७ सदस्य भएको एउटा स्वाप कारोबार समिति गठन गरिनेछ । जसको अध्यक्ष डेपुटी गभर्नर हुनेछन् । समितिको बैठकको अध्यक्षता विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नरले गर्नेछ । निजको अनुपस्थितिमा समितिका वरिष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।  

स्वाप कारोबारको अवधि राष्ट्र बैंकले काउण्टरपार्टीसँग गर्ने स्वाप कारोबारको अवधि समितिले तोकिदिए बमोजिम हुनेछ । राष्ट्र बैंकले तोकिदिएको माध्यम प्रयोग गरी काउण्टरपार्टीले स्वाप कारोबारको लागि

बोलकबोल पेश गर्नु पर्नेछ । यस्तै काउण्टरपार्टीले तोकिएको अवधिको लागि आफूले स्वाप कारोबार गर्न चाहेको अमेरिकी डलर रकम र सोको लागि दशमलब पश्चात अधिकतम दुई अंकसम्म हुने गरी फरवार्ड दरको बोलकबोल पेश गर्नु पर्नेछ ।

समितिले स्वाप कारोबारको रकम, स्वाप कारोबारको मिति लगायतका विषयमा निर्णय गर्नेछ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X