बुधबार, श्रावण २७,२०८३ 03:49:36
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:49:36
Bizshala
Global IME Bank Limited

पाँच साता लगातार बढेको बजार आगामी साता कस्तो रहला ? यस्तो छ प्राविधिक विश्लेषण

Prabhu Bank Limited
पाँच साता लगातार बढेको बजार आगामी साता कस्तो रहला ? यस्तो छ प्राविधिक विश्लेषण
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५६८.१३ को बिन्दुमा बन्द भएको बजार यो साता २ हजार ७५५.६२ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १८७.४९ अंकको बढोत्तरी आयो ।

अघिल्लो साता करिब १४३.८१ अंकले बजारमा बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च अर्थात ९६.३१ अर्बको कारोबार भएर नयाँ रेर्कड कायम भएको छ । यो भनेको २०७८ साल भदौ महिना पछिकै उच्च कारोबार हो । त्यो समयमा एकै सातामा ९७.५९ अर्बको कारोबार भएको थियो । यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा बढोत्तरी आएको छ । अघिल्लो साताको तुलनामा यो साता बजार बढ्दा  कारोबार पनि बढेको छ । यो साता बजार पूँजीकरण ४३.७२ खर्ब पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ४० खर्ब ७४ अर्ब रहेको थियो । यो साता बजारमा बढोत्तरी आँउदा लगानीकर्ताहरुको सम्पत्ति २ खर्ब ९८ अर्बले बढेको छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको आधारमा बजारलाई साप्ताहिक रुपमा हेर्दा बजार बुलिस नै रहेको छ । तर डेली बेसमा हेर्दा श्ुटिङ स्टार प्रकृतिको क्याण्डल बनेको छ । यस्तो क्याण्डल आगामी साता भ्यालिड बनेमा बजारले करेक्सन लिने छ । तर इन्भ्यालिड भएको खण्डमा बजारले पुनः माथिको यात्रा तय गर्न सक्छ । यो साता २७५५ विन्दुमा बन्द भएको बजार यदि आगामी साता २८ सय विन्दुभन्दा बढीमा कारोबार भएमा शुटिङ स्टार इन्भ्यालिड हुने छ । तर बजार २७ सय विन्दुभन्दा तल खसेमा भने यस्तो क्याण्डल भ्यालिड हुनेछ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डले बजारको उत्तारचढावलाई जानउँछ । यो साता पनि बजार बोलिङ्गरको अपर ब्याण्डमा चलेको छ । तर साताको अन्तिम केही कारोबारमा मूल्य रेखाले अपर ब्याण्डलाई छोडेको छ । यसले बजारमा बिस्तारै सेयर डिस्ट्रीब्युसन हुन थालेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर रहेता पनि हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । त्यसैगरि आरएसआईमा ९० को तहबाट केही करेक्सन आएको छ । मनी फ्लो इन्डेक्समा पनि ९५ को तहबाट बजार घटेर ८८ मा आएको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा वियरिस डाइभर्जेन्स बनेको छ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२८८२

प्रतिरोध २ –२८३६

प्रतिरोध १– २७७८

पिभट प्वइन्टः २७५३

घटेमा सपोर्ट  

सपोर्ट १– २७१५

सपोर्ट २– २६७०

सपोर्ट  ३ –२६९१

निष्कर्षः  अघिल्लो सातामा बजार करिब १४३ अंकले बढेको बजारमा यो साता करिब १८७ अंकले बढ्यो  । बजार बढ्दा कारोबार पनि बढ्दै गएको छ । यो साता कारोबारले उच्च रेकर्ड बनायो । प्राविधिक रुपमा बजारलाई इलिअट वेभबाट नियाल्दा माइनर डिग्री तेस्रो वेभ चल्दै गरेको देखिन्छ । यद्यपी आगामी साता तेस्रो वेभ सकेर चौंथो वेभको करेन्सन आउन पनि सक्छ । जसलाई यो. साता बनेका विभिन्न इन्डिकेटर तथा कारोबार र भोल्युमले पनि पुष्टि गरेको देखिन्छ । यसकारण यदि आगामी साता बजारमा करेक्सन आउँछ भने त्यसले बजार थप मजबुत नै हुनेछ । इलिअट वेभबाट हेर्दा आगामी साता २८ सय देखि ३००० विन्दु आसपासबाट तेस्रो वेभ सकिन सक्छ । बजारलाई विभिन्न इन्डिकेटर तथा डाउ थेउरीबाट नियाल्दा पनि बजार अप ट्रेन्डमा नै चलेको देखिन्छ । यद्यपी यो साता मनी फ्लो इन्डेक्स, आरएसआइ जस्ता इन्डेक्समा भने वियरिस डाइभर्जेन्स देखिन्छ ।  

यो साता सेयर बजार ऐतिहासिक बन्यो । करिव ३ वर्षदेखि १८ सय देखि २२ सय सम्म चलेको बजारले यस अघिका प्रतिरोध ब्रेक गरेर २७५५ विन्दुमा बन्द भयो । कारोबार तथा भोल्युम पनि ३ वर्षपछि कै उच्च रह्यो । यो सातासम्म लगातार बजार पाँच साता बजारमा बढोत्तरी आएको छ । पाँच सातामा बजार ७१५.६२ अंकले बढेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.