काठमाण्डौ । धुम्बाराहीमा पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिब १ महिना अगाडी देखि सञ्चालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन्।
सोमबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको उक्त पार्कमा बालबालिका देखि वयस्कसम्मले खेलको मनोरन्जन लिन सक्ने पार्क सञ्चालकले जनाएका छन् ।
आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरुको मनोरन्जन पार्कमा लिन सकिनेछ।
भारतमा रहेको होप उप फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा सञ्चालनमा आएको सञ्चालक समूह्ले जनाएको छ। यो पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना सञ्चालक टिमले बनाएको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।