IME remit
  • मंगलवार, कार्तिक १८,२०८२ 02:18:36
IME remit
Global IME Bank Limited

टाइप सी चार्जरका कारण के तपाईको मोबाइल बिग्रिंदैछ ? यस्तो गल्ती कहिले नगर्नुस् !

Hyundai Nepal
टाइप सी चार्जरका कारण के तपाईको मोबाइल बिग्रिंदैछ ?  यस्तो गल्ती कहिले नगर्नुस् !
Shivam Cement

काठमाण्डौ। पछिल्लो समय  स्मार्टफोन मानव जीवनको एक अभिन्न अङ्ग बनिसकेको छ। फोटो खिच्न, भिडिओ हेर्न, साथी भाइसँग गफिन, खेल हेर्न, सूचना लिन सबै सबै काममा स्मार्टफोन जोडिने गर्छ। स्मार्टफोनलाई यी सबै काम गर्न ब्याट्री अत्यावश्यक हुन्छ। सोहीकारण प्रयोगकर्ताले अलि लामो समय  ब्याट्री टिक्ने स्मार्टफोन खोज्छन्। 

कहिलेकाहीँ चार्जिङमा समस्या आउँदा पनि ब्याट्रीका लागि गम्भीर विषय बनिदिन्छ।बजारमा उपलब्ध स्मार्टफोनहरुमा विभिन्न शानदार फिचर दिइएको हुन्छ। तथापि फोन कम्पनीहरुको अधिकांश ध्यान चाहिँ क्यामरामै केन्द्रित हुन्छ। तर केही वर्षयता फोनसँगै चार्जर राख्ने आवश्यकता कम हुँदै गएको छ। 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

किनकि स्मार्टफोन कम्पनीहरुले फोनमा धेरै वाट क्षमताका चार्जर राख्ने गरेका छन् भने ब्याट्री पनि शक्तिशाली हुने गरेको छ। फोन कम्पनीहरुले स्मार्टफोनमा टाइप सी चार्जरसँगै धेरै वाटको चार्जर उपलब्ध गराउँछन् यदि एउटा सानो गल्तीका कारण तपाइँको फोनको क्षमता ह्रास भइरहेको हुन्छ। के टाइप सी चार्जरका कारण बिग्रिंदैछन् मोबाइल ?  ध्यान गर्नुस् यो गल्ती प्रविधि बजारमा लगातार नयाँ नयाँ अत्याधुनिक प्रविधिहरुको विकास भैरहेको छ।

वास्तवमा धेरै मानिसहरुले टाइप सी चार्जरलाई सफा नै गर्दैनन्। यस्तोमा टाइप सी पोर्टमा चार्जरमा रहेको फोहोर वस्तु छिर्ने सम्भावना हुन्छ। यसको फलस्वरुप फोनको आयु घट्दै जान्छ।यदि लामो समयसम्म यो क्रिया चलिरह्यो भने फोन सामान्य भन्दा छिटै नै बिग्रिने सम्भावना हुन्छ।

साथै धेरै मानिसहरुलाई आफ्नो फोन चार्जर कति वाट क्षमताको हो भन्नेपनि जानकारी हुँदैन। साथै मोबाइल फोनलाई कति वाटसम्मको क्षमतायुक्त चार्जरबाट चार्ज गर्न सकिन्छ भन्ने पनि अधिकांशलाई हेक्का हुँदैन। यस्तोमा सही जानकारीको कमीले गर्दा धेरैजना फोन प्रयोगकर्ताले जुनसुकै चार्जरबाट पनि आफ्नो फोन चार्ज गराउँछन्। 

यसका साथै कहिलेकाहीँ हामीले सार्वजनिक स्थानमा राखिएका चार्जरबाट समेत फोन चार्ज गर्दछौं। यसो गर्दा फोनको क्षमतामा नकारात्मक असर पर्दछ। फोन कम्पनीहरु आजकल मोबाइल चार्जरलाई फास्ट टेक्नोलोजीले युक्त गराएर बजारमा उतारिरहेका हुन्छन्। यस्तोमा यदि तपाईंको फोनमा फास्ट चार्जिंङको सुविधा उपलब्ध छ भने फोनलाई ओरिजिनल चार्जरसँगै उत्ति क्षमतायुक्त चार्जरबाट फोन चार्ज गर्नुहोस्। -एजेन्सीको सहयोगमा 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.