काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको ह्वात्तै बढेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।
डब्लुटीआई क्रुडको मूल्य २.४९ प्रतिशत अर्थात १.८२ डलरले बढेरर प्रतिब्यारेल ७४.८३ डलर पुगेको छ ।
यस्तै ब्रेन्ड क्रुडको मूल्य पनि २.३३ प्रतिशत अर्थात १.८० डलरले बढेको छ । यो वृद्धिसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७९.०२ डलर कायम भएको छ ।
अमेरिकी केन्द्रीय बैंकले सेप्टेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्ने सम्भावना प्रबल बनेसँगै तेलको मूल्य बढेको छ । अमेरिकी रोजगारीमा आएको कमीका कारण मन्दी आउन सक्ने सम्भावित खतराका कारण गत साता दुवै ब्रेन्चमार्कको मूल्य गत जनवरी पछिकै न्यून स्तरमा पुगेको थियो ।