बिहीबार, बैशाख ३१,२०८३ 04:25:21
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:25:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नास आईटीको साधारण सभा सम्पन्न, अर्किड इन्टरनेशनल कलेजलाई साझेदारको रूपमा स्वागत

Laxmi Sunrise Bank Limited
नास आईटीको साधारण सभा सम्पन्न, अर्किड इन्टरनेशनल कलेजलाई साझेदारको रूपमा स्वागत
Shivam Cement

काठमाण्डौ । नेपाल एसोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी)ले काठमाण्डौको होटल सोल्टीमा आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा ५० भन्दा माथि सदस्य कम्पनी प्रतिनिधिहरू, बोर्ड सदस्यहरू र प्रमुख सरोकारवालाहरूको उपस्थिति थियो।सभामा गत वर्षका गतिविधिहरू र उपलब्धिहरूको समीक्षा गर्नुको साथै संस्थाका भावी योजनाहरूको बारेमा छलफल भएको थियो।  

टेकक्राफ्टका कार्यकारी निर्देशक सन्तोष कोइरालालाई अध्यक्षको रूपमा नियुक्त गरिएको छ। ई।के। सोलुसन्सका सीईओ गौरव राज पाण्डे उपाध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन् भने गोक्यो ल्याब्सका सह–संस्थापक अभय पौडेल कोषाध्यक्षको भूमिकामा रहनेछन्। लगप्वइन्टका राष्ट्र निर्देशक दिपेन चापागाईं महासचिव हुनेछन्। 

Bizshala
New Office
CG Motors

कार्यकारी समितिमा अम्निल टेक्नोलोजिजकी सीओओ अलिशा श्रेष्ठ, एमिनेंस वेजका एमडी नारायण कोइराला, लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज विजयानन्द, बी।आई।सी। टेक्नोलोजिजकी सह(संस्थापक प्रार्थना साखः र निवर्तमान अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ रहने छन्।

संस्थापक अध्यक्ष रिचन श्रेष्ठले नवनिर्वाचित अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गरे। नास आईटीको अध्यक्षको रूपमा आफ्नो भूमिका सम्हाल्दै सन्तोष कोइरालाले नेपाललाई विश्वव्यापी टेक हबको रूपमा स्थापित गर्ने नास आईटीको दृष्टिकोणलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘हामी आईटी श्रोतहरूको अधिकतम उपयोग, बजार पहुँचको विस्तार र उद्योगको वृद्धिलाई समर्थन गर्न केन्द्रित हुने छौं। हामी जनशक्ति विकासमा लगानी गर्नेछौं, घरेलु आईटी समाधानहरूलाई प्रवर्द्धन गर्नेछौं र अन्तर्राष्ट्रिय विस्तारलाई सहज बनाउनेछौं। यसले आईटी उद्योगमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ र नेपाललाई लाभान्वित गर्नेछ।’  

यस नयाँ नेतृत्वको मातहतमा नास आईटीले आफ्नो वृद्धिविस्तार जारी राख्ने र नेपालमा आईटी उद्योगको विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।  

नास आईटीले वार्षिक साधारण सभा पछिको कार्यक्रममा अर्किड इन्टरनेशनल कलेजसँग समझौता ज्ञापन पत्रमा हस्ताक्षर गरेको छ। यस सहकार्यले नास आईटीको दिगो विकास कोषलाई बलियो बनाउनेछ। नेपाललाई विश्वव्यापी प्रविधि हबको रूपमा चिनाउने लक्ष्यलाई ओर्किड इन्टरनेशनल कलेजले समर्थन गरेको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.