आईतवार, बैशाख ६,२०८३ 11:00:12
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:00:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टान अध्यक्षमा माओवादी निकट सागर पाण्डे विजयी, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा

Bizshala
टान अध्यक्षमा माओवादी निकट सागर पाण्डे विजयी, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा
Shivam Cement

काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे निर्वाचित भएका छन् । पाण्डे राजेन्द्र सापकोटालाई पराजित गर्दै टानको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  

पाण्डेले १०० मतान्तरले सापकोटालाई पराजित गरेका हुन् । अध्यक्ष पदको निर्वाचनमा पाण्डेले ५८० मत पाएका छन् भने सापकोटाले ४८० मत प्राप्त गरेका छन् । पाण्डे माओवादी केन्द्र निकट पर्यटन व्यवसायी हुन् भने सापकोटा कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा विजयी भएका छन् । उनले ५५८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कर्मा चोलेन्द्रबहादुर कार्कीले भने ४८६ मत पाएका छन् ।

प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्सालले ५३५ मत ल्याउदै दावा लामालाई पराजित गरेका छन् ।  द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् भने महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले ५५० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र प्रसाद सुवेदीले ४९४ मत पाएका छन् ।  

यस्तै सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएका छन् । महिला सदस्यमा पवित्रा तामाङ, खुला सदस्यमा अम्बीरबहादुर तामाङ, छाप्ते लामा शेर्पा, राजु गुरुङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा र विनोद कुमार तामाङ विजयी भएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित हुने पदाधिकारीलाई बधाई दिएका छन् । उनले आफ्नो आधिकारीक फेसबुकमार्फत बधाई दिएका हुन् । 

नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.