शुक्रबार, भाद्र ५,२०८३ 04:50:49
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 04:50:49
Bizshala
Global IME Bank Limited

कोरोना बीमाको रकम भुक्तानी नपाएपछि सरकारविरुद्ध मुद्दा दायर

कोरोना बीमाको रकम भुक्तानी नपाएपछि सरकारविरुद्ध मुद्दा दायर
New Office

काठमाण्डौ । सरकारले कोरोना बीमाको दायित्व नब्यहोरेको भन्दै आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघद्वारा सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो ।

बीमक संघले नेपाल सरकारले कोरोना बीमाको रकम ब्यहोर्नुपर्नेमा हालसम्म पनि भुक्तानी नगरेको भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको हो ।  

Bizshala
CG Motors

सरकारले बीमा कम्पनीहरुलाई कोरोना बीमाको ११ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी छ । पटक–पटक कोरोना बीमाको रकम भुक्तानी गर्ने अनुरोध गर्दा पनि सरकार दायित्वबाट पन्छिएपछि मुद्दा दायर गर्न बाध्य भएको बीमक संघका अध्यक्ष चकी क्षेत्रीले बताए ।  

बीमक संघका तर्फबाट महासचिव अशोककुमार खड्काले परमादेशसहितको रिट निवेदन दर्ता गरेका हुन् । खड्काका अनुसार उक्त रिटको पेशी सोमबार तोकिएको छ ।  

कोरोना महामारीमा सरकारले निर्जीवन बीमकहरुसँग साढे ३ अर्ब रुपैयाँ दायित्व सिर्जना भएमा सरकारले ब्यहोर्ने प्रतिबद्धता गरेको थियो । लामो समयसम्म पनि कोरोना बीमाको रकम भुक्तानीमा सरकारले कुनै चासो नदेखाएपछि बीमक संघले केही समयअघि प्रेस विज्ञप्ति जारी गरी सरकारविरुद्ध मुद्दा दायर गर्ने जनाएको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.