काठमाण्डौ । एलन मस्क सन् २०२७ सम्ममा विश्वको पहिलो ट्रिलियनियर बन्ने होडमा रहेको रिपोर्ट सार्वजनिक भएको छ । इलेक्ट्रिक कार निर्माता टेस्ला,स्पेएक्स र सामाजिक सञ्जाल एक्सका मालिक मस्कको सम्पत्ति औसत वार्षिक ११० प्रतिशतका दरले बढिरहेको इन्फर्मा कनेक्ट एकेडेमीले जनाएको छ ।
ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार मस्क २५१ बिलियन डलरसहित विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।
यस्तै प्रतिवेदनमा भारतीय व्यवसायी गौतम अडानी पनि ट्रिलियनरको हैसियत प्राप्त गर्ने दोस्रो व्यक्ति हुन सक्ने उल्लेख गरिएको छ । अडाणीको वार्षिक सम्पत्ति वृद्धिदर १२३ प्रतिशत कायम रहेन उनी पनि सन् २०२८ सम्म ट्रिलियनर बन्ने छन् ।
टेक कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ र इन्डोनेसियाली ऊर्जा र खानी मोगल प्राजोगो पाङ्गेस्टु पनि सन् २०२८ मा ट्रिलियनेयर बन्न सक्ने रिपोर्टमा जनाइएको छ । बर्नार्ड अर्नाल्ट र मार्क जुकरबगर्ले पनि सन् २०३० सम्म यो उपलब्धि हसिल गर्न सक्ने बताइएको छ ।
विश्वले सन् १९१६ मा पहिलो बिलिनियर्स पाएको थियो । त्यसेबला अमेरिकाका जोन डि रकफेलर विश्वको पहिलो बिसलनियर्स बनेका थिए ।