काठमाण्डौ । भारतमा मोबाइल निर्माता कम्पनी सामसुङको कारखानामा सयौं कर्मचारी हडतालमा उत्रिएका छन् । दक्षिणी भारतको प्रमुख सामसुङ इलेक्ट्रोनिक्सको कारखानामा मंगलबार सयौं कर्मचारीहरू ज्याला बढाउन माग गर्दै हडतालमा उत्रिएका हुन् ।
यसबाट कारखानाको उत्पादन प्रभावित बनेको छ । दक्षिण कोरियामा आधारित सामसुङ, भारतको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो भारतमा सामसुङले एलजी इलेक्ट्रोनिक्ससँग प्रतिस्पर्धा गर्दै टेलिभिजन र रेफ्रिजरेटरदेखि स्मार्टफोनसम्म सबै चीजहरू बनाउदै आएको छ ।
आन्दोलनले दक्षिण भारतको श्रीपेरुम्बुदुरमा रहेको कारखानाको उत्पादन बन्द भएको छ । यो कारखाना भारतका रहेका सामसुङका दुईवटा कारखानामध्ये सानो कारखाना हो । यहाँ १८ सय कामदार कार्यरत छन् ।