सोमबार, श्रावण १८,२०८३ 10:33:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:33:35
Bizshala
Global IME Bank Limited

‘मिस्टर एण्ड मिस लियो २०२४’ आयोजना हुँदै

‘मिस्टर एण्ड मिस लियो २०२४’ आयोजना हुँदै
New Office

काठमाण्डौ । ‘मिस्टर एण्ड मिस लियो २०२४’आउँदो अक्टोबर ५ मा हुने भएको छ । बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले मंगलबार सर्वनाम थिएटरमा पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएको हो ।  

यो कार्यक्रम बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले आयोजना गर्नेछ । जसमा १५ वटा डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने छन ।

संस्थाले दिएको जानकारी अनुसार यो प्रतियोगिता काठमाण्डौको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुनेछ । जसमा प्रत्येक डिस्ट्रिक्टबाट एक पुरुष र एक महिला गरी २ जना सहभागीहरु यस कार्यक्रममा प्रतिनिधित्व गर्नेछन ।

कार्यक्रमका समन्वयक इन्जिनियर मनीष अर्यालका अनुसार प्रतियोगितामा विजयी हुने पुरुष र महिला दुवैलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः२० हजार र १० हजार नगद पुरस्कार दिइनेछ । यस कार्यक्रममा भाग लिन इच्छुक व्यक्तिहरुले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

सम्मेलनमा बताइएअनुसार प्रतियोगिताको तयारी स्वरूप १५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । यस क्रममा नेतृत्व विकास, र्याम्प वाक, पोर्टफोलियो निर्माण लगायतका विभिन्न तालिमहरू दिइनेछ । प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५ पछि सर्वनाम थिएटरमा आयोजना हुनेछ ।

१८ देखि ३१ वर्षका लियो सदस्यहरूले जसले कम्तिमा एक वर्ष लियोको सदस्यता लिएकाले यस कार्यक्रममा सहभागिता जनाउन सक्ने बताइएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.