काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको नयाँ सीईओ नियुक्त गरेको हो ।
उनलाई नेपाल बीमा प्राधिकरणवाट स्विकृति प्राप्त भए पश्चात् लागु हुने गरि आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । श्रेष्ठ हाल कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छिन् ।
कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले बिजय बहादुर शाहलाई बर्खास्त गर्ने निर्णय गरेपछि कम्पनी सीईओविहिन थियो । सोही बैठकले कम्पनकी नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।