सोमबार, श्रावण १९,२०८२ 05:54:20
  • सोमबार, श्रावण १९,२०८२ 05:54:20
Global IME Bank Limited

सेवाग्राही र सेवाप्रदायकलाई जोड्ने एप ‘स्मार्ट दाइ’ सार्वजनिक

Hyundai Nepal
सेवाग्राही र सेवाप्रदायकलाई जोड्ने एप ‘स्मार्ट दाइ’ सार्वजनिक
Shivam Cement

काठमाण्डौ । सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ एप सार्वजनिक गरेको छ । उक्त एपबाट प्रयोगकर्ताले इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभी, वासिङमेसिन, फ्रिज, एसीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले भदौ २९ गते पानस ब्याक्वेट्स, बसुन्धरामा सेयर लगानीकर्ताहरुको भेलाबीच यो एप्लिकेसनको शुरुवात गरेको छ । यस स्मार्टदाई एपलाई निरन्तर रुपमा परीमार्जन गरी प्रयोगकर्तामैत्री र विश्वसनीय बनाउदै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

Shivam Cement
Muktinath Bikas Bank Limited

एपमार्फत इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ सेवा, सेफ्टी ट्यांकी सफाइ, रुफट्यांक सफाइ, फोटोग्राफी, भिडियोग्राफी सेवा, पेस्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङलगायतका विभिन्न घरायसी तथा कर्पोरेट सेवा सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । एप्लिकेसनले सेवाग्राही र सेवाप्रदायकलाई एक–आपसमा जोड्ने सम्बन्ध सेतुको कार्य गर्ने दाबी गरिएको छ ।

विशेष गरी सहरी क्षेत्रमा घरायसी र कर्पोरेट सेवाप्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवाप्रदायक नपाउने समस्या समाधान गरी सेवा प्रवाहलाई छिटो–छरितो बनाउने कम्पनीले जनाएको छ ।

सूचना प्रविधि कम्पनीको रुपमा विस २०८० सालमा स्मार्ट दाई लिमिटेडको स्थापना एक पब्लिक कम्पनीको रुपमा भएको हो । यस कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं ३ मा रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.