Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 07:38:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दोस्रो एमआरसिपी युके पेसेस परीक्षा सम्पन्न

Bizshala
दोस्रो एमआरसिपी युके पेसेस परीक्षा सम्पन्न
Shivam Cement

काठमाण्डौ । दोस्रो एमआरसिपी युके पेसेस परीक्षा शुक्रबार सम्पन्न भएको छ । नेपाल मेडिसिटी अस्पतालाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा असोज २ गतेबाट सुरु भएको थियो । यो परीक्षा तीन दिनसम्म चलेको थियो ।  

नेपाल मेडिसिटीले गर्त वर्षदेखि पेसेस परीक्षा सञ्चालन गर्दै आएको छ । बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष ४५ जना परीक्षार्थीहरु सहभागी भएका थिए । उक्त परीक्षाका लागि बेलायत, नेपाल, बंगलादेश, साउदी अरेबिया, टर्की, भारत, मलेसिया, नाइजेरीया, युएई, माल्दिभ्स, इराकबाट परीक्षार्थीहरु आएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १० जना परीक्षकहरुको उपस्थिति रहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

डा. तान्जीम राजा–एक्युट मेडिसिन, डा. डोनाल्ड फकुहर–जेनेरल इन्टरनल मेडिसिन, डा. पिटर न्युम्यान–न्यूरोलोजी, डा. सत्यन राजभण्डारी –इन्डोक्राइनोलोजी एण्ड डाइबेटोलोजी, डा. प्रवलदत्त–रिहाबिलिटेसन मेडिसिन बेलायतबाट परीक्षा निरीक्षणका लागि आएक ाहुन् ।  

त्यस्तै, नेपालबाट डा. धिरज मानन्धर – रिनल मेडिसिन, डा. सुदिपश्रेष्ठ –अंकोलोजी, डा. रबिन्द्र भक्तश्रेष्ठ –न्यूरोलोजी, डा. सितलअधिकारी –रेस्पिरेटोरी मेडिसिन, डा. सञ्जित कृष्ण श्रेष्ठ –रेस्पिरेटोरी मेडिसिन र डा. अर्पना न्यौपाने –इन्र्टनल मेडिसिन तथा इन्टेन्सिभकियर, डा. अरुण मास्के –कार्डियोलोजी, डा. यादव के यादव– कार्डियोलोजी, डा. बुद्धि पौडेल –रुमाटोलोजी, डा. महेश सिग्देल–रेनल मेडिसिन परीक्षकका रुपमा सहभागि भएका थिए ।    

CG Motors
Garima Development Bank
IME remit

उनीहरु रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग, रोयल कलेज अफ फिजिसियनस् एण्ड सर्जनस् अफ ग्लासगो र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् ।

परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीका कन्सल्टेन्ट डा.निरज जोसीका अनुसार युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ ।  

‘यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्छ,’ डा. जोशीले भने । परीक्षामा ५ चवटा स्टेशनहरू राखिएका थिए । जसको माध्यमबाट परीक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मानगर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।

एमआरसिपी युके चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।  

यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।  

हाल धेरै चिकित्सकहरूले यो परीक्षालिन र एमआरसिपी युके योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.