काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य आधि प्रतिशत भन्दा बढीले घटेको छ । ब्रेन्ड क्रुडको मूल्य ०.५२ प्रतिशत अर्थात ०.३९ डलरले घटेर प्रतिब्यारेल ७४.४९ डलरमा सीमित बनेको छ ।
यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि ०.२२ प्रतिशत अर्थात ०.१६ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७१ डलर कायम भएको छ ।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौतीका कारण केही दिनअघि भने कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको थियो । गत बिहिबार ब्रेन्ट क्रुड आयलको मूल्य १.७ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.८८ डलर कायम भएको थियो ।