बिहीबार, बैशाख ३१,२०८३ 05:51:12
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:51:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वात्सल्य क्लिनिक सातौँ वर्षमा प्रवेश, तीन हजार बढी दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी प्रदान

Laxmi Sunrise Bank Limited
वात्सल्य क्लिनिक सातौँ वर्षमा प्रवेश, तीन हजार बढी दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी प्रदान
Shivam Cement

काठमाण्डौ । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा आफ्नो ७ औँ वर्षमा प्रवेश गरेको गरेको छ। वात्सल्यले हालसम्म ३ हजारभन्दा अधिक दम्पतीलाई आईभीएफ विधिमार्फत सन्तान प्राप्तिको खुसी प्रदान गरिसकेको छ। 

हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएप. सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजारभन्दा अधिक दम्पतीले सन्तान लाभ (३ हजार बढी आईभीएफ, १ हजार ८०० बढी आईयूआई, २ हजार २०० बढी नेचुरल प्रेग्नेन्सी) गरिसकेका छन्। 

निःसन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिकजस्ता विभिन्न तनावले भरिएको हुन्छ। ‘त्यसैले उपचारको अवधिमा आधुनिक पद्धतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरुको अभुव छ’, क्लिनिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘क्लिनिकभित्रको सकारात्मक ऊर्जाले नै सफलता पाउँछु भन्ने विश्वास जाग्छ भन्ने अनुभव कैयौँ सेवाग्राहीहरु व्यक्त गर्नुहुन्छ त्यसैले यहाँ नेपालबाहेक पाकिस्तान, अमेरिका, जापान, अस्ट्रेलियाजस्ता अन्य मुलुकबाट पनि सेवाग्राही आउने गरेका छन् र सफलता प्राप्त गरेका छन्।’

आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्सालबाट भक्तपुर र नेपालगन्जमा पनि विस्तार गरेको छ। आगामी केही दिनमै आफ्नो शाखाहरु अन्य प्रमुख सहरमा पनि विस्तार गर्ने योजना रहेको क्लिनिकका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताए। 

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.