आईतवार, फाल्गुन ११,२०८१ 10:22:20
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:22:20
IME remit
Global IME Bank Limited

क्यान इन्फोटेकमा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा

Hyundai Nepal
क्यान इन्फोटेकमा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा
Nabil Bank Limited

काठमाण्डौ । भृकुटीमण्डपमा जारी सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एसपावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहआ’ मा प्रदर्शनीकर्ता कम्पनीहरु बीच प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा चलेको छ । शनिवार प्रदर्शनीको तेस्रो दिन सकिँदा इन्फोटेक थप प्रविधिमयी बनेको हो ।

यसअन्तर्गत विभिन्न कम्पनी तथा ब्राण्डहरूले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन् । प्रदर्शनीस्थलमा रहेको ब्राण्डिङ कक्षमा सहभागी देशविदेशका विभिन्न कम्पनी एवं ब्राण्डहरूले स्टलबाटै वितरक, डिलर तथा रिटेलरसँग जोडिएर व्यवसाय विस्तार गर्ने मौका पाएका छन् । साथै ग्राहकका जिज्ञासा एवं गुनासाहरू पनि स्टलबाटै समाधान गरिरहेका छन् ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा पनि अवलोकनकर्ताको चासो बढेको छ । विशेषगरी साइबर सुरक्षा, कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता बढेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

शनिबार नेपाली अनुसन्धानकर्मीहरूले विकास गरेको मसिन लर्निङमा आधारित रोबोट ‘कान्छी’को बेटा भर्सन समेत सार्वजनिक गरिएको थियो । रोबोटका निर्माता टिममा सदस्य बिक्रान्त कार्कीले मानिसहरूबाट प्रतिक्रिया लिइरहेको र चाँडै नै पूर्ण उत्पादन सार्वजनिक गर्ने योजना रहेको सुनाए । यो रोबोटमा नेपालमा बोलिने विभिन्न भाषाहरू एकीकृत गर्नेगरी काम भइरहेको समेत उनले जानकारी दिए ।

त्यस्तै इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् ।

क्यान इन्फोटेक २०२४ को शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूमा अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ । त्यस्तै क्यान इन्फोटेकको सहप्रायोजक एचएमसी दहुआले दहुआ ब्राण्डका नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेको छ ।

इन्फोडेभलपर्स प्रालिले आफ्ना सहकारीका लागि चाहिने कोर बैंकिङ सफ्टवेयर तथा मोबाइल बैंकिङ सफ्टवेयर तथा बैंक तथा वित्तीय संस्थाहरूका लागि बजेट, रिकन्सिलेसन सफ्टवेयर लगायतमा ७५ प्रतिशतसम्म छुट घोषणा गरेको छ । त्यस्तै पेनाहक टेक्नोलोजी विभिन्न सफ्टवेयर सोलुसन्समा ५० प्रतिशतसम्म छुट दिइएको छ ।

त्यसैगरी आठ हजारभन्दा बढी ग्राहक भएको हाइटेक सोलुसन्सले आफ्नो बिजनेश अकाउन्टिङ ईआरपीमा पनि क्यान इन्फोटेक अवधिभर भारी छुट दिने घोषणा गरेको छ । मर्कन्टाइल अफिस सिस्टमले प्रदर्शनीमा राखेका निट्रो, प्रिडेटर लगायतका एसर गेमिङ नोटबुकमा पनि अवलोकर्ताले विशेष चासो देखाएका छन् ।

शनिबार डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको स्टलमा कम्पनीका ब्राण्ड एम्बास्डर एवं महानायक राजेश हमाल आउँदा क्यान इन्फोटेकको माहोल थप बढेको थियो । साथै महानायक हमालले अन्य स्टलमा समेत पुगी नेपालमा उपलब्ध पछिल्ला प्रविधिका साथै युवाका उत्पादन एवं आविष्कारको प्रत्यक्ष अवलोकन गरेका थिए ।  

आयोजक क्यान महासंघले पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा नियमित रुपमा विभिन्न अनलाइन कन्टेस्ट आयोजना गरी सूचना प्रविधिप्रेमी व्यक्तिहरूलाई निःशुल्क प्रवेश टिकेट र उपहारहरू प्रदान गरिरहेको छ ।

प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य रहेको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उनका अनुसार क्यान इन्फोटेकमा स्टार्टअप तथा इनोभेसन प्याभिलियनमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । डिजिटल नेपाल निर्माणका लागि सर्वसाधारणलाई प्रविधिबारे सचेतना गर्न तथा यस क्षेत्रमा प्रोत्साहन गर्न इन्फोटेकले आधारशीलाको काम गरेको उनको भनाइ छ ।

करिब १५० स्टल रहेको इन्फोटेकमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन् । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् ।

क्यान इन्फोटेकलाई सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गर्ने क्रम जारी छ । यसअन्तर्गत शनिबार नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेल, पूर्व अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरू, कलाकार तथा सूचना प्रविधिप्रेमीले मेला अवलोकन गरेका थिए ।  

सो क्रममा प्रविधिको विकास र विस्तारका लागि इन्फोटेक साझा प्लेटफर्म बनेको प्रतिक्रिया दिए । साथै नेपाली प्रतिभा र आविष्कारलाई नीतिगत तवरबाटै प्रोत्साहन हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए । क्यान इन्फोटेक सोमबार (माघ २९) सम्म सञ्चालन हुनेछ ।

क्यान इन्फोटेक २०२४ को शीर्ष प्रायोजन एस पावर बीपीई प्राइभेट लिमिटेड र सह(प्रायोजकमा एचएमसी दहुआ रहेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.