सोमबार, आश्विन २६,२०८३ 04:09:49
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 04:09:49
Bizshala
Global IME Bank Limited

अल्टिमाको दशैं अफर: आकर्षक उपहार र छुट

Bizshala
अल्टिमाको दशैं अफर: आकर्षक उपहार र छुट
New Office

काठमाण्डौ । एसेसरीज ब्रान्ड अल्टिमा लाइफस्टाइलले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोड भन्दा बढीको छुट, ३ करोडबराबरको उपहार र ५ नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । 

यही असोज ९ देखि असोज २२ सम्म चल्ने १४–दिने दशैं मेला विभिन्न आकर्षक डिलहरू जस्तै ‘डिल अफ द डे,’ ‘बाई १ गेट १,’ र ‘१ रुपैयाँ गेम’समावेश छन् । यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको जनाएको छ । जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावर बैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अल्टिमाले दशैंको अवसरमा आकर्षक नयाँ वस्तुहरु बजारमा ल्याई वहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ ।

यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ । प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका अल्टिमा वेभबार १२० र अल्टिमा वेभबार २०० , शक्तिशाली स्पिकरहरू १२० वाट र २०० वाटको दुई भेरियन्टहरूमा उपलब्ध छन् । जसमा बूस्टर, ब्लुटुथ कनेक्टिभिटी, र वास्तविक आरएमएस हुनेछ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

दोस्रो उत्पादनमा अल्टिमा वाच एक्टिभ हुनेछ ।  

अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी साउण्डबक्स एस२० र एस५० समावेश छन् । जुन मार्वल भर्सनको संस्करण हो । यी शक्तिशाली स्पिकरहरूले क्रमशः २० वाट र ५० वाट ध्वनि प्रदान गर्छन्, जसमार्फत बलियो र प्रभावकारी अडियो अनुभवलिन सकिन्छ ।

अल्टिमा दशैं मेला यही असोज९ देखि असोज २५ सम्म चल्नेछ । यो १४–दिने मेलामा, अल्टिमाले सातभन्दा बढी विशेषअफरहरु ल्याएको छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.