Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 07:38:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विजयकुमार शाह परिवारद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता

Bizshala
विजयकुमार शाह परिवारद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । विजयकुमार शाह परिवारले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्यचिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसीयु र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग  प्रतिबद्धता जनाएको छ ।

शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बाल स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने विश्वास गरिएको छ । जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरुको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ । शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसीयु र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पिएसआइसीयु नामाकरण गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गत भदौ १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरीसकेको छ । गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ), ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरीरहेको छ । यद्यपी, यो सहयोग शाह परिवारको निजी पूँजिबाट प्रदान गरीएको हो । कुल सहयोग प्रतिबद्धता मध्ये बाँकि ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ । 

CG Motors
Garima Development Bank
IME remit

सबै सहयोग रकम विजयकुमार शाहको निजी सम्पतीबाट गरिएको हो । प्रस्तुत सहयोग ३ पटक सम्म नेपालकै शिर्ष करदाता भएका विजयकुमार शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको शाह परिवारले जनाएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.