आईतवार, बैशाख ६,२०८३ 09:31:19
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 09:31:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालमा जेइको जेसिक्स र ओमोडा ईफाइभको १०० युनिट एकदिनमा डेलिभरी सम्पन्न

Bizshala
नेपालमा जेइको जेसिक्स र ओमोडा ईफाइभको १०० युनिट एकदिनमा डेलिभरी सम्पन्न
Shivam Cement

काठमाण्डौ । ओमोडा एन्ड जेइको कम्पनीको नेपालका लागि आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयुभी र ओमोडा ई फाइभको १०० भन्दा धेरै युनिटहरू डेलिभरी गरेको छ । पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ–रोड इलेक्ट्रिक एसयुभी हो ।  

गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहु–प्रतिक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयावधीमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ । अफ–रोड ड्राइभिङमा रूची राख्नेहरूले गत हप्ता आयोजित डर्ट–टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफ–रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाएका थिए । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरापनि प्रमाणित भएको कम्पनीले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ(रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ–रोड पारखीहरूको लागि उचित रोजाई बनेको कम्पनीको भनाई छ । यसमा २ हजार ७१५ मिलिमिटरको ह्विलबेस, १८ इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स रहेको छ । चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८‍–१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ । यसको साइड–हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालिन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ ।

CG Motors
Garima Development Bank
IME remit

जेसिक्सले डे एन्ड नाइट रियर भ्यु  मिरर, ३६० डिग्रि क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ । जेसिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिने कम्पनीले जनाएको छ। जेसिक्स दुइवटा भेरियन्टमा उपलब्ध छ । पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर ह्विलड्राइभ । र दोश्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्टमा उपलब्ध छ ।  

यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सिएटिएलको एलएफपि (लिथियम फेरोस फस्फेट) ब्याट्रि (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९.७ किलोवाट आवरमा उपलब्ध छ । जे सिक्सले ५०१ किलोमिटरको सिएलटिसि रेन्ज प्रदान गर्दछ । यो गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसि र एसि दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.