काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।
आशाले आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
लाभांश सम्बन्धी प्रस्ताव पठाइएकोमा राष्ट्रबैंकले असोज २१ गते स्वीकृति दिएको हो ।
अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर पाउनेछन् ।