काठमाण्डौ । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित भएका छन् ।
प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप–दफा (२) (न) मा व्यवस्था भएबमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।
अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गरेका डा.श्रेष्ठले चिकित्सा क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव संगालेका छन् ।
नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत रहेका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत रहिसकेका छन् ।
डा. श्रेष्ठ नेपाल मेडिकल कलेजका संस्थापक संचालक सेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत छन् ।